Skip to content

डाटा सेन्टरमा गम्भिर समस्या आएपछि सेबोनको ध्यानाकर्षण, एक सातामा प्रतिवेदन पेश गर्न निर्देशन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कारोबार प्रणालीसँग सम्बन्धित ७२ कारोबार सदस्य कम्पनीहरूको सर्भर राखिएको डाटा हबको डाटा सेन्टरमा साइबर आक्रमण भएपछि नेपाल धितोपत्र बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बोर्डले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेप्सेबाट धितोपत्र दलाल व्यवसायीको कार्य गर्ने अनुमति प्राप्त ९२ मध्ये ७२ कम्पनीको ‘सर्भर’ मा राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि कारोबार स्थगन गरिएको जानकारी प्राप्त भएको जनाएको छ ।

उक्त घटनाका सम्बन्धमा बोर्डले आवश्यक अध्ययन तथा जाँचबुझ गरी यस्ता घटना पुनः दोहोरिन नदिन आवश्यक सुधारसहितको प्रतिवेदन असोज १२ गतेभित्र पेश गर्न नेप्सेलाई निर्देशन दिएको छ ।

बोर्डका अनुसार नेप्सेबाट उक्त जानकारी प्राप्त हुनासाथ प्राविधिक लगायतका समस्या पहिचान गरी कारोबार स्थगन गर्नुपर्ने कारण पहिचान गर्न बोर्डका उपकार्यकारी निर्देशकको नेतृत्वमा ५ सदस्यीय निरीक्षण टोली खटाइएको छ।

बोर्डले निरीक्षण टोलीबाट प्राप्त हुने सुझावका आधारमा आगामी दिनमा नेपालको धितोपत्र बजारलाई स्वस्थ, सुरक्षित एवं पारदर्शी बनाउन थप आवश्यक कार्य अघि बढाउने जनाएको छ।

साथै, धितोपत्र बजारमा देखिएको प्राविधिक समस्या र कारोबार स्थगनको घटनाबारे अध्ययन तथा निरीक्षणको निष्कर्षका आधारमा आवश्यक थप कदम चालिने बोर्डले स्पष्ट पारेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima