Skip to content

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दै छन् । उनी साँझ ७ बजे अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री शाहको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ । प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए । सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन् ।

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई यही असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम छ। महासभामा सहभागिता जनाएर उनी असोज १० गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima