Skip to content

सन्दर्भ संयुक्त राष्ट्रसंघको महासभा: राष्ट्रपतिद्वय ट्रम्प र सी जिङपिङको जुगलबन्दी (तस्बिरहरू)

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका चिनियाँ राष्ट्रपति सी सिनफिङलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा भव्य स्वागत गरेका छन् । सीको सम्मानमा ट्रम्पले ह्वाइट हाउसमा राजकीय रात्रिभोजसमेत आयोजना गरेका छन् ।
ट्रम्पको निमन्त्रणामा अमेरिका पुगेका सी र उनकी पत्नी पेङ लियुआन विभिन्न औपचारिक तथा कूटनीतिक कार्यक्रममा सहभागी भएका छन्। ह्वाइट हाउसमा आयोजित स्वागत कार्यक्रममा सी र पेङसँगै ट्रम्प तथा प्रथम महिला मेलानिया ट्रम्प सहभागी भएका थिए । सो क्रममा चारै जनाले सामूहिक तस्बिरसमेत खिचाए ।
सीको अमेरिका भ्रमणका क्रममा पेङ लियुआन र मेलानिया ट्रम्पले वासिङ्टन डीसीस्थित राष्ट्रिय एसियाली कला सङ्ग्रहालयको भ्रमण गरेका छन् । उनीहरूले संग्रहालयमा रहेका एसियाली कला तथा सांस्कृतिक सामग्रीको अवलोकन गरे ।
यसैगरी, ह्वाइट हाउसको इस्ट रुममा सी चिनफिङको सम्मानमा आयोजित राजकीय रात्रिभोजमा अमेरिकी राजनीतिक, व्यापारिक तथा प्रविधि क्षेत्रका विभिन्न व्यक्तित्व सहभागी भएका छन् ।  मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्ग पनि रात्रिभोजमा सहभागी भएका थिए ।
रात्रिभोजमा माइक्रोन टेक्नोलोजीका सीईओ सञ्जय मेहरोत्रा र उनकी पत्नी सङ्गीता मेहरोत्रा पनि सहभागी भएका थिए । उनीहरू रात्रिभोजमा सहभागी हुन ह्वाइट हाउसतर्फ जाँदै गरेको तस्बिर सार्वजनिक भएको छ ।
राजकीय रात्रिभोजका क्रममा राष्ट्रपति ट्रम्पले सम्बोधन गरेका थिए। ट्रम्पले सम्बोधन गरिरहँदा सी, पेङ लियुआन र मेलानिया ट्रम्पले उनको सम्बोधन सुनेका थिए । कार्यक्रममा अमेरिका र चीनका उच्चस्तरीय प्रतिनिधिसहित विभिन्न क्षेत्रका अतिथिहरूको सहभागिता रहेको थियो ।
सीको अमेरिका भ्रमणका क्रममा ह्वाइट हाउसमा भएको औपचारिक स्वागत तथा राजकीय रात्रिभोजले अमेरिका–चीन सम्बन्धमा उच्चस्तरीय कूटनीतिक संवादलाई थप चर्चामा ल्याएको छ । भ्रमणका क्रममा राजनीतिक नेतृत्वसँगै अमेरिकी प्रविधि तथा व्यापारिक क्षेत्रका प्रमुख व्यक्तित्वहरूको उपस्थितिले पनि ध्यान खिचेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima