Skip to content

त्रिभुवन राजपथमा बढ्यो सवारीको चाप, गाडि चलाउन तोकियो समय

काठमाडौं । त्रिभुवन राजपथमा सवारीको चाप निकै बढेको छ ।

बर्षाका कारण पृथ्वी र कान्ति राजमार्ग अवरुद्द हुँदा काठमाडौं-हेटौंडा जोड्ने उक्त सडकमा सवारीको चाप बढेको हो । सवारीको चाप बढेसँगै गाडी चलाउनका लागि समय तोकिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

प्रशासनका अनुसार त्रिभुवन राजपथ भएर हेटौंडाबाट काठमाडौं आउँदा चौकी टोलाबाट बिहान १० देखि २ बजेसम्म सवारी चलाउन पाइने छ ।

यस्तै शनिबारका बिहान ४ देखि बिहान ८ बजेसम्म र राति ११ देखि बिहान २ बजेसम्म चौकी टोलाबाट गाडी चलाउन सिकने छ ।

यस्तै त्रिभुवन राजपथ प्रयोग गरी काठमाडौंबाट हेटौंडा जाँदा शुक्रबार साँझ ७ देखि राति ११ बजेसम्म सिमभञ्ज्याङ चौकी गाडि चलाउन सकिने छ ।

शनिबार दिउँसो १ देखि साँझ ५ बजे र आइतबार बिहान ७ देखि बिहान ११ बजेसम्म सिमभञ्ज्याङ चौकीबाट गाडि चलाउन सकिने छ ।

इन्धन तथा एलपी ग्यास बोकेका बाहेक अन्य १० चक्के र १५ टन भन्दा बढी भार भएका मालवाहक सवारी साधनहरूलाई यो सडकमा पूर्णरूपमा निषेध गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima