Skip to content

आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा २ अर्ब ६६ करोड बढी राजस्व संकलन

भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा २ अब ६६ करोड ८० लाख ३२ हजार राजस्व संकलन गरेको छ ।

आन्तरिक राजस्व कार्यालय भद्रपुरले गत आवको सोही अवधिको तुलनामा १६ करोड ६० लाख ९५ हजार बढी राजस्व संकलन गरेको छ । गत आवको ११ महिनामा २ अर्ब ५० करोड १९ लाख ३७ हजार राजस्व संकलन गरेको थियो । आन्तरिक राजस्व कार्यालयले ११ महिनामा राखेको लक्ष्यको ८३ दशमलव ३५ प्रतिशत मात्रै राजस्व संकलन गरेको सूचना अधिकारी भीमप्रसाद आचार्यले जानकारी दिए । ‘व्यापार व्यवसायमा मन्दी आउँदा राजस्व संकलनको लक्ष्य नभेटिए पनि हालको संकलन दर कायम राख्नुपर्ने चुनौती छ’, उनले भने ।

आन्तरिक राजस्व कार्यालयले आयकरबाट १ अर्ब २२ करोड रुपैयाँ, भाडा आयकरबाट ३ करोड चार लाख रुपैयाँ, ब्याजबापत १० करोड २१ लाख रुपैयाँ, मूल्य अभिवृद्धि करबापत एक अर्ब ११ करोड ९५ लाख रुपैयाँ, अन्तःशुल्कबापत ५८ करोड ७३ लाख राजस्व संकलन भएको सूचना अधिकारी आचार्यले बताए। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आवमा ३ अर्ब ७९ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life