Skip to content

उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही गर्दै सरकार, पन्चकन्या एसएस एक्सपोर्टलाई कारबाहीको तयारी

काठमाडौं । विशेष आर्थिक मापदण्ड पूरा नगरेका उद्योगलाई कारबाही गरिने भएको छ ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणले कार्यविधिअनुसार कुल उत्पादनको ७० प्रतिशत निर्यात गर्न नसकेका पन्चकन्या एसएस एक्सपोर्टलाई कारबाही गर्न लागेको हो ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणका निमित्त कार्यकारी निर्देशक डा दिवाकर लुइँटेलका अनुसार पन्चकन्या एसएस एक्सपोर्टले शर्तअनुरुपको उत्पादनलाई निर्यात गर्न नसकेपछि निष्काशन गरिएको जानकारी दिए ।

प्राधिकरणले विशेष आर्थिक क्षेत्रमा रहेका उद्योगलाई कूल उत्पादनको ७० प्रतिशत निर्यात गर्नुपर्ने अनिवार्य व्यवस्था तोकेको छ । पन्चकन्या एसएस एक्सपोर्टले उत्पादन गर्ने मेटलको ट्याङ्की तोकिएबमोजिम निर्यात गर्न नसकेको जनाइएको छ ।

विशेष आर्थिक क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणदेखि उद्यमीलाई करमा सहुलियत उपलब्ध गराइएको छ । भैरहवामा यो क्षेत्र करिब ५२ बिघामा फैलिएको छ । एक हजार ४०० देखि तीन हजार ७०० वर्गमिटर सम्मको ६९ औद्योगिक जग्गाहरू यहाँ रहेका छन् ।

दुई दशक अगाडि भैरहवामा स्थापित विशेष आर्थिक क्षेत्र देशको पहिलो निर्यातमुखी औद्योगिक क्षेत्र हो । यहाँ स्थापना गरिएका उद्योग बिक्री गर्न नपाइने भएकाले उनीहरूले निर्माण गरेका उद्योग तथा कम्पनी भत्काएर लैजानुपर्ने हुन्छ ।

उद्योग मन्त्रालयअन्तर्गत विशेष आर्थिक क्षेत्र प्राधिकरणले देशका विभिन्न क्षेत्रहरूमा विशेष आर्थिक क्षेत्रहरू स्थापनाका लागि पूर्वसम्भाव्यता र सम्भाव्यता अध्ययन सञ्चालन गर्न तथा देशभर विशेष आर्थिक क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्दै आएको छ ।

व्यवसायीलाई कर प्रोत्साहन,भन्सार महसुल छुट र सुव्यवस्थित नियामक प्रक्रियालगायतका सेवा प्रदान गरेको छ । विदेशी लगानी आकर्षित गर्न कर छुट,कम शुल्क, उत्पादन तथा सेवाका उद्योग स्थापना गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई आकर्षित गर्न खोजिएको छ ।

उक्त आर्थिक क्षेत्र भैरहवा र सिमरामा अहिले सञ्चालनमा छन् । पाँचखालमा पूर्वाधार विकास कार्यहरूको लागि थप अध्ययन तथा लगानीकर्ताको खोजी भइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima