Skip to content
Prabhu

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो, कतिमा हुँदै छ कारोबार ?

 

काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ । मंगलबार सुनको मूल्य अघिल्लो दिनकै मूल्यमा किनबेच भइरहेको छ भने चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । मंगलबार तेजाबी सुन पनि सोमबारकै मूल्यमा खरिद बिक्री भइरहेको छ । तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले महँगो भएको छ । अघिल्लो दिन तोलामा १ हजार ८ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १५ रुपैयाँ बढेर १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस सुनको मूल्य २ हजार ३२३. ७४ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २९.२८ डलरमा कारोबार भइरहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal