Skip to content
Prabhu

उद्योग नवीकरणको माग गर्दै क्रसर व्यवसायीले गरे प्रदर्शन

काठमाडौं । व्यवसायीहरूले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका छन् । क्रसर उद्योग नवीकरणको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

क्रसर बालुवा तथा खानी उद्योग नियमानुसार नवीकरण नगरिएको भन्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेको हो । उनीहरुले दुरीसम्बन्धी मापदण्ड २०७७ अव्यावहारिक भएकाले खारेज गर्नुपर्ने र २०७९ माघ ११ गते मन्त्रिपरिषद्को ढुङ्गा गिट्टीसम्बन्धी भएको निर्णय कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् ।

व्यवसायीहरूले सरकारले क्रसर उद्योगीहरूको माग तत्काल सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने जनाएका छन् । उद्योगले सरकारलाई तिर्नुपर्ने दस्तुर तिरेर नवीकरण गरेर सञ्चालन गर्न दिनुपर्ने उनीहरको माग छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal