Skip to content

कालिका मन्दिरमा जेठमा १८ लाख संकलन

बागलुङ । नेपालको प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा जेठमा १८ लाख रुपैयाँ संकलन भएको छ ।

कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले सार्वजनिक गरेको जेठको आम्दानी खर्च विवरणअनुसार १८ लाख २६ हजार रुपैयाँ संकलन भएको छ । उक्त रकम भने चालु वर्षकै सबैभन्दा थोरै हो । गत महिना वैशाखमा मात्रै कालिका भगवती गुठी व्यवस्थापन समितिले ५८ लाख २४ हजार रुपैयाँ संकलन गरेको थियो ।

कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार जेठमा १८ लाख २६ हजार आम्दानी र १० लाख २१ हजार रुपैयाँ खर्च भएर ८ लाख पाँच हजार रुपैयाँ बचत भएको बताए। खड्काले बागलुङ कालिका भगवती मन्दिर दर्शन गर्न आउने श्रद्वालु भक्तजनलाई बास बस्नका लागि बागलुङ नगरपालिका–१ मालढुङ्गा नजिकै धर्मशाला निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माण गर्न थालिएको उनले जानकारी दिए। उनले मन्दिरको भेटीबाट धर्मशाला निर्माण गरिनेछ ।

जेठमा भक्तजनले मन्दिरमा चढाएको भेटी ११ लाख ९६ हजार दुई सय ६५ रुपैयाँ, सटर भाडाबाट ३ लाख छ हजार चार सय रुपैयाँ, आर्थिक सहयोग बापत ५६ हजार छ सय ८३ रुपैयाँ, परेवा बिक्रीबाट दुई लाख ४० हजार सात सय ५० रुपैयाँ, चामल बिक्रीबाट नौ हजार रुपैयाँ, बोकाको टाउको बिक्रीबाट ११ हजार नौ सय रुपैयाँ, कुखुरा बलिबाट नौ सय रुपैयाँ, राँगा बलिबाट ३ हजार छ सय रुपैयाँ, विवाहबाट एक हजार र पण्डितबाट चार सय रुपैयाँ आम्दानी गरेको अध्यक्ष खड्काले जानकारी दिए।

जेठमा कर्मचारीको तलबभत्तामा रु चार लाख ३४ हजार, विद्युतमा २९ हजार पाँच सय ८० रुपैयाँ, अतिथि सत्कारमा ४६ हजार रुपैयाँ, उपहार नौ हजार रुपैयाँ, पूर्वाधारतर्फ दुई लाख ३६ हजार रुपैयाँ, पूजा खर्च ५५ हजार रुपैयाँ, जग्गा व्यवस्थापन एक लाख ५० हजार रुपैयाँ, खाद्य तथा आवास ५७ हजार र विज्ञापनमा पाँच हजार रुपैयाँ खर्च भएको अध्यक्ष खड्काले बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T