Skip to content
Prabhu

बलम्बु–सिस्नेखोला सुरुङ मार्गलाई जोड्ने फ्लाइओभरको निर्माण तीव्र

काठमाडौं । काठमाडौंको बलम्बु–सिस्नेखोला सुरुङ मार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न बलम्बुमा फ्लाइओभर पुल निर्माणको काम तिब्र गतिमा भइरहेको छ । राजमार्गबाट सुरुङ मार्गतर्फ सवारी साधन मोडिँदा ट्राफिक जाम हुन सक्ने भएकोले यहाँ फ्लाइओभर निर्माण गरिँदै छ । यसको काम अहिले धमाधम भइरहेको हो ।

अबको एक वर्षभित्र सवारी साधन चलाउने गरी काम भइरहेको नागढुंगा–सिस्ने खोला सुरुङ निर्माण आयोजनाका उपआयोजना निर्देशक गोविन्द दुमरुले बताए । यो फ्लाइओभरको लम्बाइ १२८ मिटरको र चौडाइ ७ मिटरको हुनेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal