Skip to content
Prabhu

एफपीओ निष्कासन गर्दै हिमालयन बैंक, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं । हिमालयन बैंकले थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने भएको छ । बैंकले एफपीओ जारी गर्नका लागि बिक्री प्रबन्धक पनि नियुक्त गरेको छ । बैंकको एफपीओ निष्कासनको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहने भएको हो ।

हिमालयन बैंक र सिटिजन्स क्यापिटलबीच एफपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर जबरा तथा सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सो सम्झौताअनुसार सिटिजन्स क्यापिटलले हिमालयन बैंकको थप सार्वजनिक निष्कासनको लागि बिक्री प्रबन्धकको कार्य गर्ने छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal