काठमाडौं । बुधबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको २ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १०० रुपैयाँ घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
आज चाँदी प्रतितोला ४ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला ४ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।












प्रतिक्रिया दिनुहोस्