Skip to content

बिलबिजक नभएका २ करोड २९ लाख बराबरका समान बरामद

वीरगञ्ज । पर्सा प्रहरीले २ करोड २९ लाख ३९ हजार छ सय ५७ मूल्य बराबारका बिलबिजक नभएका सामान बरामद गरेको छ ।

पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ स्थित एकीकृत जाँच चौकीको गेटसँगै रहेको सडकमा पार्किङ गरेर राखेका ट्रकको छानबिन गर्दा बिलबिजक नभएका हार्डवेयर, कपडा तथा खुद्रा सामान लोड भएका तीन ट्रक पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बिलबिजकभन्दा धेरै सामान ल्याएका भन्दै तीनवटा ट्रकलाई आइतबार नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाएको बताए ।

प्रहरीले ना३ख ६९०५, ना३ख ५१६७ र ना३ख २६२० नम्बरका ट्रकबाट रु दुई करोड २९ लाख बराबरको सामान पनि नियन्त्रणमा लिएको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima