Skip to content

जुत्ता, चप्पल उत्पादनबाट वार्षिक आठ लाख कमाउँदै काभ्रेका पौडेल

nabil bank

काभ्रेपलाञ्चोक । जिल्लाको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका–५ तालढुङ्गाका पृथ्वी पौडेलले घरमा नै उद्योग सञ्चालन गरेर लोभलाग्दो आम्दानी गर्दै आएको छ । उनले ‘शर्मिला घरेलु उद्योग’ सञ्चालन गरेर जुत्ता, चप्पल र विद्युतीय सामग्रीको उत्पादन गरी थोक तथा खुद्रा बिक्री गर्दै आएको हो ।

उद्योगबाट वार्षिक ८ लाखसम्म नाफा हुने गरेको उद्यमी पौडेलले बताए । उनको उद्योगमा चप्पल उत्पादनदेखि ‘एलइडी बल्बल एसेम्बल’सम्म हुने गरेको छ । दैनिक तीन सय जोरसम्म चप्पल उत्पादन हुने गरेको छ । आफूले बनाएका चप्पलको माग बढेको जानकारी दिँदै उनले भने, ‘बल्बको शर्मिला एलइडी भनेर ब्राण्डिङ एवं बिक्री गर्दै आएको छु, चप्पलको पनि अब छिट्टै ब्राण्डिङ गर्नेछु ।’

१३ लाख लगानी गरेर दुई वर्षदेखि सञ्चालन भएको उद्योगमा चप्पल बनाउने ठूला दुई र सानो एउटा मेसिन तथा बल्ब एसम्बल गर्न चारवटा मेसिन राखेर उनले काम गरिरहेको छ । मलेसिया र इराकमा काम गरेर फर्किएका उनले बस्ती विस्तारसँगै आफ्नो उद्योग फस्टाएको बताए।

तीनदेखि ५० वाटसम्मका बल्ब उत्पादन गरेर बजारीकरण गर्दै उनले अहिले मागअनुसार आपूर्ति गर्न नसकेको बताए । सहज रूपमा उद्योग सञ्चालन गर्न तथा उत्पादित सामग्री बजार पुरयाउन मौजुदा सडकको दुरावस्थाबाट आफू चिन्तित रहेको उनले सुनाए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi