Skip to content
Prabhu

एकैदिन १९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदै छ कारोबार ?

 

काठमाडौं । शुक्रबार सुन चाँदीको मूल्य बढेकोे छ । आज सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले महँगो भएको छ भने चाँदीको मूल्य पनि २५ रुपैयाँले महँगो भएको हो ।

शुक्रबार १९ सय रुपैयाँले बढेको सुनको मूल्य फेरि नयाँ रेकर्डनजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाली बजारमा जेठ २५ गते सुनको मूल्य अहिलेसम्मकै बढी १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो ।

महासंघका अनुसार शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुनको मूल्य १ लाख ४२ हजार १ सय रुपैयाँ रहेको थियो ।

सुनसँगै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो दिनको भन्दा २५ रुपैयाँले महँगो हो । बिहीबार चाँदी तोलामा १ हजार ८४० रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३६१.५९ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस ३०.६१ डलरमा कारोबार भइरहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal