Skip to content

सुनको मूल्य १२ हजार ६ सयले घट्यो, चाँदी कति ? 

nabil
global ime
काठमाडौं । शुक्रबार नेपालीमा बजारमा सुन–चाँदीको मूल्यमा उच्च गिरावट आएको छ । शुक्रबारको बजारमा सुनको मूल्य तोलाको ४.४३ प्रतिशत र चाँदीको मूल्य तोलाको ४.०२ प्रतिशत घटेको हो ।
आज सुनको मूल्य रुपैयाँमा प्रतितोला १२ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १५५ रुपैयाँ घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघिको कारोबार दिन कात्तिक २३ गते सोमबार सुनको मूल्य तोलाको २ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदी तोलाको ३ हजार ७०० रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबारको बजारमा चाँदीको मूल्य तोलाको ३ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T