काठमाडौं । सुपरमाई हाइड्रोपावर कम्पनीले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।
कात्तिक २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले १४ प्रतिशत बोनस सेयर र करसहित ४.४२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव विद्युत नियमन आयोगले स्वीकृत दिएर आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।









प्रतिक्रिया दिनुहोस्