Skip to content

तिहार पछिको पहिलो कारोबारमा घट्यो सेयर बजार 

nabil
global ime
काठमाडौं । तिहारपछि खुलेको पहिलो कारोबार दिनमा सेयर बजार ओरालो लागेको छ । शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक ६.४४ अंक घटेर २६४८.७७ विन्दुमा झरेको हो ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । गत शुक्रबार ३ अर्ब ४६ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा आज ३ अर्ब ५ करोड ४२ लाख ७४ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
आज १३ उपसमूहमध्ये आज चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ । आज विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको छ । कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक आज सर्वाधिक ८३.५८ प्रतिशत घटेको छ ।
आज सबैभन्दा धेरै श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सेयरमूल्य बढेको छ । आज यस कम्पनीको सेयर मूल्य ७.५६ प्रतिशत बढेको छ । कारोबार रकमका आधारमा आज घोराही सिमेन्ट इण्डष्ट्री शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ४० करोड ७ लाख ४२ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T