Skip to content

डीडीसीमा १२ करोड बढी घोटाला: बिराटनगर दुग्ध वितरण आयोजना प्रमुख शर्मा पक्राउ

nabil
global ime

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) लाई १२ करोड १३ लाख रुपैयाँ भन्दा बढी आर्थिक क्षति पुर्‍याएको अभियोगमा प्रहरीले थप १ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नविन किशोर शर्मालाई बिहीबार पक्राउ गरेको छ ।

डीडीसीमा आर्थिक अनियमितता गर्ने सर्लाहीको रामनगर गाउँपालिका–३ स्थायी घर भएका ४५ वर्षीय हाल ललितपुर महानगरपालिका–२५, भैंसेपाटीमा बस्दै आएका शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले डीडीसीलाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको आर्थिक क्षति पुर्‍याएको र सोही रकम गैरकानुनी रूपमा लाभ लिएको प्रारम्भिक रूपमा पुष्टि भएको सीआईबीले जनाएको छ ।

डीडीसीलाई आर्थिक रूपमा धराशायी बनाउने गरी उच्च तहका पदाधिकारी र कर्मचारीबीच मिलेमतो भएको सीआईबीको अनुसन्धानले देखाएको छ ।

सीआईबीका अनुसार तत्कालीन महाप्रबन्धकसहित प्रशासनिक उच्च तहका अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा अन्य कर्मचारीहरूको संलग्नतामा पूर्वयोजना बनाएर विभिन्न समूह खडा गरी संगठित सञ्जालमार्फत गैरकानुनी आर्थिक लाभ लिइएको पाइएको छ ।

शर्माविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को आपराधिक विश्वासघात गर्न नहुने कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता अनुपमशमशेर जबराले जानकारी गराए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T