Skip to content
Prabhu

वित्तीय परामर्श र व्यवस्थापनका लागि नेक्सजेन र होटल सेभेनबीच सम्झौता

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र सौराहाको होटल सेभेन साविक होटल सेभेन स्टारबीच वित्तीय परामर्श र व्यवस्थापनका लागि सम्झौता भएको छ । नारायणहिटी उत्तर ढोका स्थित होटलको कर्पोरेट कार्यालयमा दुबै कम्पनीका उच्च पदाधिकारीको उपस्थितिमा २०८१ आषाढ ६ गते उक्त सम्झौता सम्पन्न भएको हो ।

सम्झौतापत्रमा होटलको तर्फबाट अध्यक्ष हरिप्रसाद पाठक र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई हस्ताक्षर गरेका छन् । चितवनको सौराहामा २०६७ सालमा स्थापित होटल सेभेन प्रालि २ तारे सुविधा सम्पन्न होटल हो । ५२ कट्ठा जग्गामा निर्मित होटलमा सुविधासम्पन्न ४८ कोठा, स्वीमिङ पुल, छुट्टै रेष्टुरेन्ट, तीनवटा सेमिनार हलहरू छन् ।

होटलले निकट भविष्यमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न पाँचतारे स्तरको सुविधा प्रदान गर्ने गरी होटललाई स्तरोन्नति गरिहेको छ । आउने वर्ष होटलको थप ३० वटा कोठा, सेमिनार हल, जीम क्लब, कन्टिनेन्टल रेष्टुरेन्ट बनाउने योजना छ । त्यसको लागि थप पूँजीको आवश्यकता पर्छ। थप संस्थापक सेयरधनीहरू ल्याउने र सर्वसाधारणलाई शेयर जारी गरी पुँजीको ब्यवस्था गर्ने योजना रहेको होटलका अध्यक्ष हरि प्रसाद पाठकले जानकारी गराए ।

होटलको हालको पुँजी संरचना परिवर्तन, लिमिटेड कम्पनीमा रूपान्तरण, आवश्यक श्रोतको व्यवस्थापन, व्यावसायिक योजना, होटलको बजारीकरण, सर्वसाधारणलाई शेयर निष्काशन लगायत कार्यमा नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले परमर्शदाताको रूपमा सेवा प्रदान गर्नेछ ।

नेक्सजेन म्यानेजमेन्ट सम्पत्ति व्यवस्थापन र व्यावसायिक परामर्श दिने कम्पनी हो। छोटो अवधिमा यसले स्वदेशी र विदेशी उद्योगपति व्यवसायीलाई परामर्शदाताको सेवा दिन सफल भएको जानकारी गराउन चाहन्छौं ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal