Skip to content
Prabhu

बाढीपहिरोले कोशी राजमार्गमा करोडौंको क्षति

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडक खण्डमा बाढीपहिरोले पक्की पुल बगाउँदा रु सात करोड बराबरको क्षति भएको छ । खाँदबारी– थामसेर्कुअन्तर्गत ठूलोढुङ्गा– अरुणथान खण्डमा सडकको ‘सब–बेस’ बगाउँदा १ करोड बराबरको क्षति भएको छ ।

थामसेर्कु –कप्ताने सडक र कप्ताने– नुम सडक खण्डमा नाली, ग्याबिन पर्खाललगायतका संरचना बगाउँदा दुई करोडभन्दा बढीको क्षति भएको उत्तर दक्षिण कोशी सडक आयोजना कार्यालय सङ्खुवासभाका प्रमुख सबिन कोइरालाले जानकारी दिए । एकुवा खोलामा डेढ वर्षअघि निर्माण सम्पन्न भएको पुल पहिराले बगाउँदा चार करोड बराबरको क्षति भएको आयोजनाले जनाएको छ ।

मकालु गाउँपालिकाको फ्याक्सिन्दा दोभानमा रहेको अरुण नदीमाथिको पक्की पुल उच्च जोखिममा परेको छ । यो सडकखण्ड किमाथाङ्का हुँदै चीनसँग जोडिन्छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal