Skip to content

मुकुन्द तिमिल्सिना र सुलभ अग्रवालको विवाद अदालतमा, हिमालयन सेयर मूल्य
 नबढ्दा भयो विवाद

nabil
global ime

काठमाडौं । व्यवसायीहरू सुलभ अग्रवाल र मुकुन्द तिमिल्सिनाबीचको विवाद
 अदालतमा पुगेको छ ।

जिल्ला अदालत काठमाडौंमा सुलभले मुकुन्द तिमिल्सिनाविरुद्ध मुद्दा दर्ता गरेका छन् ।

मुकुन्द तिमिल्सिनाले भने अनुसारको सेयर सुलभले नदिएको आरोप लगाएका छन्
भने सुलभको दाबी सेयर मूल्य नबढेपछि मुकुन्दले गलत आरोप लगाएको भन्ने
रहेको छ ।

हिमालयन रि इन्स्योरेन्स खुल्ने बेलामा त्यो बेला अर्को पुनर्बीमा कम्पनी
नेपाल रि इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता २ हजारसम्म पुगेको थियो ।
हिमालयन रि इन्स्योरेन्स सञ्चालनमा आउने भनेपछि केही व्यवसायीले सोही मूल्य
हिमालयन रि इन्स्योरेन्सको पनि हुने अनुमान गरेका थिए । जसमा मुकुन्द पनि
निकै अनुरोध गरेर हिमालयन रि इस्योरेन्समा लगानी गर्न आएको हुन् ।

यसका लागि मुकुन्दले कामख्या फिनकोर्प प्रालिको सेयर किनेका थिए ।
कामख्यासँग अहिले हिमालयन रि इन्स्योरेन्सको ६ लाख ७५ हजार कित्ता सेयर छ ।
हिमालयन रि इन्स्योरेन्सको ६ लाख ७५ हजार कित्ता सेयर लिनको लागि मुकुन्द
तिमिल्सनाले ३२ करोड लगानी गरेका थिए ।

तिमिल्सिनाले पछि हिमालयनको सेयर दिने भनेअनुसार कामख्या फिनकोर्पको
सेयर महँगोमा किनेको दाबी गरेको छ ।

तर, सुलभ पक्षको दाबी भने मुकुन्द
तिमिल्सिना आफैं आएर हिमालयनमा आफूलाई पनि सहभागी बनाउनुपर्ने भन्दै
अनुरोध गरेको आधारमा कामख्याको सेयर किनबेच भएको दाबी गरेको छ ।

मुकुन्दजीले लगानी गर्ने बेलामा प्रतिकित्ता अर्को कम्पनीको २ हजार पुगेको
देखेर गरेको र सोअनुसार मूल्य नबढ्दा विवाद गरेको आरोप सुलभ पक्षको
छ ।

नेपाल पुनर्बीमाको सेयर मूल्यअनुसार हिमालयनको पनि १५ सयदेखि १८
सयसम्म पर्छ भन्ने अनुमान मुकुन्दको भए पनि सोअनुसार नभएपछि विवाद गरेको
आरोप तिमिल्सिनालाई सुलभ पक्षले लगाएको छ । तर, मुकुन्द तिमिल्सिनाले भने
कवोल अनुसारको सेयर कित्ता नपाएको बताउँदै आएका छन् ।

कामख्यामा सेयर बिक्री गर्दा भएको लाभअनुसारको पुँजीगत लाभकरसमेत
तिरेको हुँदा यसमा अनावश्यक विवाद मुकुन्दले गरेको दाबी सुलभ पक्षको छ ।

शुलभले  विज्ञप्ति जारी गरेर आफूलाई बदनाम गराउन खोजिएको बताएका छन् ।
‘मुकुन्द तिमिल्सिनाले मेरो चरित्र हत्या गर्न खोजेका छन्,’ सुलभले जारी
गरेको विज्ञप्तिमा भनिएको छ, ‘मुकुन्द तिमिल्सिनाले नियोजित रूपमा मलाई
बदनाम बनाउन खोजेका छन् ।’

उनले विज्ञप्तिमा कपोकल्पित समाचार प्रेसित गरेर केही समूहले चरित्र हत्या गर्न
खोजिएका बताए छन् । कपोकल्पित यथार्थविहीन समाचारहरूले मेरो चरित्रमा गम्भीर आघात पुग्नुका साथै
विभिन्न संस्था तथा कम्पनीको गरिमामा समेत नकारात्मक प्रभाव गएको तथा यस्ता
गतिविधिहरूको उपचार्थ उक्त समाचार प्रेषक तथा समाचार प्रेषण गर्न लगाउने
मुकुन्द तिमिल्सिनासमेत उपर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको
उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उक्त मुद्दा दर्ता भई काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेकोमा
न्यायपालिकाको गरिमाको उच्च कदरका साथ मैले कुनै पनि टिकाटिप्पणी गर्नु
उचित नहुने उनको भनाइ छ ।
हिमालयन रि इन्स्योरेन्सको अहिले दोस्रो बजारमा सेयर मूल्य अहिले प्रतिकित्ता
५४७ रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima