Skip to content

घोराही उपमहानगरपालिकाले ल्यायो २ अर्ब ४२ करोडको बजेट

दाङ । घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि दुई अर्ब ४२ करोड ७७ लाख १८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बजेटमा पूर्वाधार, कृषि, शिक्षा, सामाजिक विकासलगायत क्षेत्रलाई प्राथमिकता दिएको छ ।

नगर उपप्रमुख एवं कार्यक्रम तथा बजेट तर्जुमा समिति संयोजक हुमाकुमारी डिसीले आज पन्ध्रौं नगरसभामा आगामी बजेट सार्वजनिक गरेका हुन् । घोराहीले चालु आवभन्दा २६ करोड ९४ लाख १८ हजार रुपैयाँ बढीको बजेट ल्याएको छ । चालु आवका लागि उपमहानगरले २ अर्ब १५ करोड ८३ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

Hyundai

कुल विनियोजित रकममध्ये सङ्घ सरकारबाट प्राप्त हुने सशर्त अनुदान ८२ करोड ९७ लाख ५८ हजार रुपैयाँमध्ये ११ करोड ६३ लाख २० हजार रुपैयाँ अर्थात् १४ दशमलव ०२ प्रतिशत पुँजीगत खर्च र ७१ करोड ३४ लाख ३८ हजार अर्थात् ८५ दशमलव ९८ प्रतिशत चालु खर्च रहेको छ ।

यस्तै प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान ३ करोड ६४ लाख ६२ हजार रुपैयाँ मध्ये ३ करोड ६० लाख रुपैयाँ अर्थात् ९८ दशमलव ७३ प्रतिशत पुँजीगत खर्च र ४ लाख ६२ हजार रुपैयाँ अर्थात् एक दशमलव २७ प्रतिशत चालु खर्च रहेको छ ।

सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट र रोयल्टी तथा उपमहानगरपालिकाको आन्तरिक आय घर जग्गा रजिष्ट्रेसन, बैंक मौज्दातबाट विनियोजन गरिएको बजेट १ अर्ब ५६ करोड १४ लाख ९८ हजार रुपैयाँमध्ये ५५ करोड ७१ लाख १२ हजार अर्थात् ३५ दशमलव ६८ प्रतिशत चालु खर्च र एक अर्ब ४३ लाख ८६ हजार रुपैयाँ अर्थात ६४ दशमलव ३२ प्रतिशत पुँजीगत खर्च रहेको बजेट वक्तव्यमा उल्लेख छ ।

कूल बजेटमध्ये १अर्ब २७ करोड १० लाख १२ हजार रुपैयाँ अर्थात ५२ दशमलव ३५ प्रतिशत चालु खर्च र एक अर्ब १५ करोड ६७ लाख छ हजार अर्थात ४७ दशमलव ६५ प्रतिशत पूजिगत खर्च रहेको छ ।

आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक आयबाट रु ५५ करोड ८८ हजार, संघीय वित्तीय समानीकरण अनुदानबाट ३० करोड ३१ लाख रुपैयाँ, सङ्घीय राजस्व बाँडफाँटबाट २६ करोड ७० लाख २६ हजार छ सय एक रुपैयाँ, सङ्घीय रोयल्टी बाँडफाँटबाट ९ लाख ७३ हजार तीन सय ९९ रुपैयाँ सङ्घीय सशर्त अनुदानबाट ८२ करोड २२ लाख ५८ हजार, र सङ्घीय विशेष अनुदानबाट ७५ लाख रुपैयाँ व्यहोरिने जनाइएको छ ।

प्रदेश समानीकरण अनुदानबाट २ करोड २० लाख ४७ हजार, प्रदेश राजस्व बाँडफाँटबाट २ करोड ८२ लाख ६३ हजार, प्रदेश सशर्त अनुदानबाट दुई करोड २४ लाख ६२ हजार रुपैयाँ र प्रदेश समपूरक अनुदानबाट एक करोड ४० लाख रुपैयाँ व्यहोरिने गरी उपमहानगरले बजेट विनियोजन गरेको हो ।

असार २ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेको उपमहानगरले आज बजेट ल्याएको हो । बजेटमाथिको छलफलका लागि यही असार ११ गते बिहान ७ बजे नगरसभाको बैठक बोलाइएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्