Skip to content
Prabhu

भारतीय अर्बपति अडानीको आरोप– हिन्डनवर्गले हामीलाई बदनाम गराउन प्रतिवेदन बनायो

एजेन्सी ।  अडानी ग्रुपका अध्यक्ष गौतम अडानीले आज ३२औँ वार्षिक बैठकमा गत वर्ष जारी भएको अमेरिकी  सर्टसेलर कम्पनी हिन्डनबर्गको प्रतिवेदन आफूहरुलाई बदनाम गराउन बनाउने दाबी गरेका छन् । सन् २०२३ जनवरी २४ मा हिन्डनबर्गले अडानी ग्रुपमाथि सम्पत्ति शुद्धीकरणदेखि शेयर म्यानुपुलेसनलगायतका आरोप लगाएको थियो । उक्त प्रतिवेदन जारी भएपछि २५ जनवरीसम्म ग्रुपको शेयरको मूल्य करिब १ लाख करोड भारुले कम भएको थियो ।
कुनै पनि चुनौतीले कमजोर बनाउँदैन
अडानीले आफ्नो कम्पनीको जग कमजोर नभएको भन्दै कसैले पनि हल्लाउन नसक्ने दाबी गरे । उनले कम्पनीको लजग साहस, विश्वास र उद्देश्यप्रति प्रतिबद्ध रहेको भन्दै सर्टसेलरले गलत जानकारी र राजनीतिक  आरोप सहित प्रतिवेदन बनाएको बताए ।
सर्टसेलर कम्पनीले त्यो बेला आक्रमण गर्यो जति बेला कम्पनी फलो अन पब्लिक अफर (एफपीओ) ल्याउने तयारीमा थियो । सर्ट सेलरको आक्रमणलाई मिडियाको एक वर्गले अगाडि बढाएको बताउँदै उनले त्यसपछि कमनी बदनाम भएको बताए । उनले उक्त प्रतिवेदनपछि नोक्सान बढेको भन्दै मार्केट भ्यालु कम गर्नका लागि उक्त आरोप लगाइएको बताए । उनले अहिलेसम्मको सबैभन्दा ठूलो एफपीओका माध्यमबाट २० हजार करोड भारु जुटाएपछि आफूहरुले पैसा फिर्ताको फैसला गरेको बताए ।
अडानी इन्टरप्राइजेज लिमिटेड अगाडी ग्रुपको कम्पनी एक हिस्सा हो । सन् १९८८ मा  गौतम अडानीले इन्टरप्राइजेजको स्थापना गरेका थिए । कम्पनीका अध्यक्ष गौतम अडानी तथा प्रबन्ध निर्देशन राजेश अडानी छन् । कम्पनी ऊर्जा तथा पूर्वाधार जस्ता आयोजनामा काम गर्छ ।  अडानी इन्टरप्राइजेज भारतको सबैभन्दा ठूलो बिजेसन  इनक्युबेटर पनि हो । यो कम्पनीले ऊर्जा तथा युटिलिटी, यातायात तथा लोजिस्टिक, कन्ज्युमर गुड्स तथा प्राइमरी उद्योगका क्षेत्रमा काम गर्छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal