Skip to content

तुलसीपुर उपमहानगरले ल्यायो २ अर्बभन्दा बढीको बजेट,कृषि, रोजगारीलाई प्राथमिकता

nabil bank

दाङ । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१र८२ का लागि रु दुई अर्बभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । उपमहानगरका उपप्रमुख स्यानी चौधरीले आगामी आवका लागि रु. दुई अर्ब सात करोड ४९ लाख ६८ हजार तीन सय ५१ को बजेट सार्वजनिक गरेका हुन् ।

बजेटमा आन्तरिक स्रोतबाट रु. ३० करोड, स्थानीय तह राजस्व बाँडफाँट मालपोत रजिस्ट्रेशनबाट रु. १३ करोड, ढुङ्गा गिटीबाट रु. १५ करोड, मौज्दात ठेक्का बचत रकमबापत रु. तीन करोड ३३ लाख ७० हजार र विज्ञापन करबाट रु. १४ लाख ५० हजार गरी कूल आन्तरिक आम्दानी रु. ६१ करोड, ५१ लाख ३६ हजार अनुमान गरिएको छ ।

सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानमा समानीकरण अनुदान रु. २७ करोड ९६ लाख, शःसर्त अनुदान रु. ७४ करोड ९१ लाख, समपूरक अनुदान रु. एक करोड ४५ लाख र राजस्व बाँडफाँट सङ्घ २४ करोड ३९ लाख, खानी र वन रोयल्टी र चार लाख ९४ हजार गरी कुल रु. एक अर्ब २८ करोड ७७ लाख ४२ हजार प्राप्त हुनेछ ।

प्रदेश सरकारबाट प्राप्त हुने अनुदान रु. एक करोड ६५ लाख, समपूरक अनुदान रु. एक करोड ४० लाख, राजस्व बाँडफाँटबाट रु. दुई करोड ११ लाख गरी रु सात करोड २० लाख, नगरविकास कोषबाट रु. आठ करोड ५० लाख, सडक बोर्ड नेपालबाट रु. एक करोड २५ लाख गरी जम्मा रु. १० करोड प्राप्त हुने अनुमान गरिएको छ ।

उपमहानगरले सबैभन्दा धेरै बजेट शिक्षाक्षेत्रका लागि विनियोजन गरेको छ । कुल बजेटको ३० दशमलव ५७ प्रतिशत अर्थात् रु. ६३ करोड ४२ लाख ४९ हजार बजेट शिक्षामा छुट्याएको छ । पशुतर्फ कुल बजेटको एक दशमलव ०२ प्रतिशत अर्थात् रु दुई करोड ११ लाख ८४ हजार पाँच सय ७५ विनियोजन गरिएको छ ।

स्वास्थ्यतर्फ रु नौ करोड ५९ लाख ४० हजार, कृषितर्फ पाँच करोड ४८ लाख १४ हजार र अन्य शीर्षकमा रु. एक अर्ब २६ करोड ८७ लाख ८० हजार सात सय ७६ बजेट विनियोजन गरेको छ ।

आजै उपमहानगरका प्रमुख टीकाराम खड्काले १५औँ नगरसभाको पहिलो बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रममा कृषि, पशुसेवा, रोजगारी, गरिबी निवारण, शिक्षा, स्वाथ्य, खेलकुदका विषयलाई प्राथमिकतामा राखिएको छ ।

उपमहानगरले कृषितर्फ घुम्ती कृषि एम्बुलेन्स सेवा सञ्चालन गर्ने, बीउ प्रबद्धन कार्यक्रमअन्तर्गत तोरी, च्याउ र मकैको बीउमा ५० प्रतिशत अनुदान दिने घोषणा गरेको छ । तुलसीपुरमा ‘एक घर एक बिरुवा’ कार्यक्रम लागू गरी फलफूलका बिरुवा निःशुल्क उपलब्ध गराइने, पालिकाभित्र उत्पादन गरिएका अर्गानिक कृषिजन्य वस्तुको बिक्रीका लागि आवश्यक प्रक्रिया अघि बढाइने भएको छ ।

यस्तै पशु सेवातर्फ कृषकको गोठमै पुगेर प्राविधिक सेवा उपलब्ध गराउने, रेविजविरुद्धको खोप निःशुल्क व्यवस्था गर्ने, सामुदायिक कुकुरका लागि निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गर्नेलगायत कार्यक्रम समेटिएको छ ।

पर्यटन प्रवर्द्धनतर्फ ‘हेरौँ तुलसीपुर, चिनौँ तुलसीपुर’ अभियान सञ्चालन गर्ने, छिल्लीकोट, सुकौराकोट, थर्कोटको विकासको अध्ययन अनुसन्धान थालिने, टरीगाउँ विमानस्थल विस्तारका लागि आवश्यक समन्वय र पहल गर्ने योजना समेटिएको छ । गौरीगाउँ तालको गुरुयोजनाअनुरुप स्तरोन्नति गर्ने, राजनीतिक, सामाजिक आन्दोलनमा योगदान पु¥याएका वाम नेताहरु श्रीमणि आचार्य, दुर्गा मजगैया र मेघबहादुर विसीको सम्मानमा पार्क निर्माण गरी पर्यटकीयस्थलका रुपमा विकास गर्नेलगायत योजना समेटिएको छ ।

शिक्षा युवा तथा खेलकुदतर्फ नगरस्तरीय बृहत् तुलसीपुर शैक्षिक प्रदर्शनी सिकाइ मेलाको आयोजन गर्ने, सुस्तश्रवण र न्यून दृष्टियुक्त बालबालिकाका लागि निश्चित स्थानमा आवासीय पठनपाठनको व्यवस्था मिलाउने, नगरभित्र प्राविधिक शिक्षामार्फत ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रम लागू गर्नेलगायत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime