Skip to content
Prabhu

लक्ष्मी सनराइज बैंकको शाखा स्थानान्तरण

 

काठमाडौं । लक्ष्मी सनराइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ । काठमाडौं महानगरपालिका–२२ स्थित न्युरोडमा रहेका २ शाखाहरुमध्ये एउटा शाखा ललितपुर महानगरपालिका–१४ स्थित नखिपोटको विशाल चोकमा स्थानान्तरण गरिएको छ ।

स्थानान्तरण गरिएको साविकको न्युरोड शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने छन् । स्थानान्तरण भए सँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ ।

स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरु प्रदान गर्ने छ । हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २ सय ५४ शाखा, ३ सय १६ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १ सय २८ शाखारहित बैंकिङ एजेन्ट रहेका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal