Skip to content
Prabhu

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

लुम्बिनी । लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको आजको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।

प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव ध्वनिमतले पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गरे ।

प्रदेशसभामा यही असार १ गते आर्थिक मामिलामन्त्री आचार्यले आर्थिक वर्ष २०८१÷८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट पेस गरेका थिए।

आगामी वर्ष आन्तरिक राजस्वमार्फत ७ अर्ब ५१ करोड र सङ्घबाट १२ अर्ब एक करोड रुपैयाँ र सङ्घबाट सलामी दस्तुरबापत ५० करोड रुपैयाँ र स्थानीय तहबाट २ अर्ब ९२ करोड प्राप्त हुने अनुमान छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal