Skip to content
Prabhu

सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुन चाँदीको मूल्य घटेको छ । आज सुन ८ सय रुपैयाँ र चाँदीको १० रुपैयाँले सस्तो भएको हो ।

बिहीबार नेपाली बजारमा छापावला सुनको मूल्य तोलामा १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

पछिल्लो दुइ दिनको अन्तरमा सुनको मूल्य १ हजार ५ सय रुपैयाँले सस्तो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन तोलामा १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी पनि तोलामा १० रुपैयाँले सस्तो भएको छ । आज चाँदी तोलामा १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७ सय ९० रुपैयाँ रहेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal