Skip to content
Prabhu

बारामा हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा २१ लाख नगदसहित पाँच जना पक्राउ

काठमाडौं । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा बारा जिल्ला प्रहरी कार्यालय बाराले उनीहरूलाई २१ लाख रुपैयाँ रकमसहित पक्राउ गरेको हो ।

प्रहरी टोलीले विशेष सूचनाको आधारमा गत फागुन १८ गते  शुक्रबार भारतको बिहार राज्यको मोतिहारी घर भएका २९ वर्षीय रञ्जित सरार्फ र बारा महागढीमाई नगरपालिका–१ घर भई आसिफ मनी चेन्जर सञ्चालन गरी बस्ने ३९ वर्षीय मेराजुल हक अन्सारी तथा  ३१ वर्षीय कलामुदिन अन्सारीलाई पक्राउ गरेको हो । 

कलैया उपमहानगरपालिका–६ स्थित अस्पताल रोडबाट सर्राफलाई कुनै पनि बैंकको इजाजत पत्र नलिई भारतबाट नेपालमा रकम ओसार पसार गर्ने क्रममा लुकाई छिपाई ल्याएको विभिन्न दरको ५ लाख रुपैयाँसहित पक्राउ गरिएको थियो । 

उनीहरू भारतबाट बिआर ०५ एआर ३५०९ नम्बरको मोटरसाइकलबाट नेपाल आएपछि चेकजाँच गर्दा १६ लाख ९ हजार बरामद भएको छ । 

यसरी पक्राउ परेका माथि बैंक तथा बित्तीय संस्थासम्बन्धी कसुर मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थपगरी आवश्यक प्रक्रिया सुरु गरिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए। उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal