Skip to content
Prabhu

१ वर्षमा होटल ल्यान्डमार्क पोखराको व्यापार पौने ४ करोडले बढ्यो

काठमाडौं । होटल ल्यान्डमार्क पोखरा प्राइभेट लिमिटेडको व्यापार पछिल्लो एक वर्षको अवधिमा करिब पौने ४ करोडले बढेको छ । होटलले आर्थिक वर्ष सन् २०२३ मा २०२२ को भन्दा ३ करोड ७० लाख रुपैयाँ बढीको व्यापार गरेको हो ।

सन् २०२३ मा यो होटलले १२ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । यो अघिल्लो आर्थिक वर्ष सन् २०२२ कोभन्दा २७ प्रतिशतले बढी हो । २०२२ मा यो होटलले ८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२१ मा भने होटलको व्यापारमा गिरावट आएको देखिएको छ । यो होटलले २०२१ मा जम्मा २ करोडको मात्रै व्यापार गरेको थियो । त्यसको अघिल्लो वर्ष २०२० मा यो कम्पनीको व्यापार ४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

चालु आर्थिक वर्ष २०२४ को अप्रिलसम्मको अवधिमा होटलको व्यापार १० करोड १० लाख रुपैयाँ भएको छ ।

होटल ल्यान्डमार्क पोखरा प्राइभेट लिमिटेड सन् २००७ मा पोखराको लेकसाइडमा स्थापना भएको ४ तारे होटल हो । यो होटलमा तीन भाइहरूको लगानी रहेको छ । ओमप्रकाश पाण्डेको ३४ प्रतिशत, मुक्तिराम पाण्डेको ३३ प्रतिशत र चेतनारयण पाण्डेको ३३ प्रतिशत हिस्सा रहेको छ । यो कम्पनीको सन् २०२४ को अप्रिलसम्ममा १५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal