Skip to content

‘नेपालले स्तरोन्नतिपछि तीन वर्षसम्म सुविधा निरन्तर पाउने’

nabil bank

 

Hyundai

काठमाडौं। विश्व व्यापार संगठनको १३औं मन्त्रीस्तरीय सम्मेलनमा अरब इमिरेट्सको आवुधाविमा ‘आबुधावी घोषणापत्र’ जारी गर्दै फागुन १८ गते  शुक्रबार सम्पन्न भएको हो । 

नेपालले अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति  भएपछि हाल पाउँदै आएको सुविधा थप तीन वर्ष निरन्तरता पाउने भएको छ।   विश्व व्यापार संगठनको १३औं मन्त्रीस्तरीय सम्मेलनमा सो सहमति जुटेको हो। नेपाल सन् २०२६ मा कम विकसित राष्ट्रबाट विकासशील मुलुकमा स्तरोन्नति हुनेछ।

उक्त सम्मेलनमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल नेतृत्वको प्रतिनिधिमण्डल संयुक्त अरब इमिरेट्सको आवुधावि पुगेको थियो। सम्मेलनमा विकसित मुलुकका प्राथमिकता, व्यापार र समावेशीता, इ–कमर्स, विश्व व्यापार संगठनको विवाद समाधान संयन्त्र, व्यापार तथा विकास, अतिकम विकसित मुलुकको हितका विषयमा छलफल भएको थियो। अतिकम विकसित मुलुकका तर्फबाट प्रस्तुत भएको स्तरोन्नतिसम्बन्धी प्रस्तावमा सदस्य मुलुकहरुबीचमा सुविधा निरन्तरता विषयमा सहमति जुटेको हो ।

जसअनुसार स्तरोन्नति भएका मुलुकलाई संक्रमणकालिन अवधीमा ड्यूटी फ्री  प्राप्त हुनेछ । त्यसैगरी स्तरोन्नतिपश्चात तीन वर्षसम्म क्षमता अभिवृद्धिसम्बन्धी सुविधाहरुको निरन्तरता हुनेछ। 

स्तरोन्नतिपछि सुविधाको निरन्तरताका लागि अतिकम विकसित मुलुकहरुको तर्फबाट प्रस्तुत गरिएको व्यापारसम्बन्धी सम्पत्ति माथिको अधिकार कृषि, काउन्टरभेलिङ मेजर्स र व्यापार सुविधाअन्तर्गतका विषयहरुमा आगामी डिसेम्बर २०२४ भित्र यथोचित निर्णय गरी टुङ्गोमा पुग्न सम्मेलनले निर्देशन दिएको छ ।

सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलले चीन, अष्ट्रिया, साउदी अरेविया, मोरक्को, वंगलादेशका वाणिज्य मन्त्री, संयुक्त राज्य अमेरिकाका व्यापार प्रतिनिधि, भारतका वाणिज्य सचिव लगायतसंग द्विपक्षीय व्यापारका विषयमा छलफल गरेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

sanima reliance