Skip to content
Prabhu

भन्सार विभागको तथ्यांकअनुसार ११ महिनामा ३१ करोड ३ लाखको स्मार्ट वाच आयात

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ३१ करोडभन्दा बढीको स्मार्ट वाच आयत भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालले ३१ करोड ३ लाख ५९ हजार रुपैयाँको स्मार्ट वाच आयत भएको हो ।

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विदेशबाट २ लाख १६ हजार ७०७ वटा स्मार्ट वाच आयत भएका छन् । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा गत आवको तुलनाम कही कम मूल्य बराबरको स्मार्ट वाच आयत भएको छ ।

गत आवको सोही अवधिमा ३५ करोड १५ लाख ७५ हजार रुपैयाँ बराबरको २ लाख ५९ हजार ४२९ वटा स्मार्ट वाच आयात भएको विभागको तथ्यांक छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal