Skip to content
Prabhu

जाहाज दुर्घटना भएको भ्रम फलाउनेविरुद्ध कानुनी कारबाही अघि बढ्छः तारा एयर

काठमाडौं । सामाजिक सञ्जालमा तारा एयरको जाहाज दुर्घटनामा परेको भनेर फैलाइएको सूचना गलत र भ्रमपूर्ण रहेको बताइएको छ । एयरलाइन्सले विज्ञप्ति जारी गर्दै दुर्घटना भएको भन्ने समाचारमा सत्यता नरहेको जानकारी दिएको हो ।

एयरलाइन्सले यस्तो भ्रमपूर्ण समाचारको पछि नलाग्नसमेत आग्रह गरेको छ । विज्ञप्तिमा यस्ता गलत प्रचार गर्नेविरुद्ध कानुनी कारबाही अघि बढाउने पनि उल्लेख गरिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal