Skip to content

मेचीनगर नगरपालिकाले दियो तोरीखेती गर्ने किसानलाई करिब २७ लाख अनुदान

झापा । मेचीनगर नगरपालिकाले तोरीखेती गर्ने किसानलाई २६ लाख ८३ हजार रुपैयाँ अनुदान प्रदान गरेको छ । चालु आर्थिक वर्षमा नगरका १५ वडामा रहेका आठ सय ३३ किसानलाई तोरीखेती प्रबर्द्धन कार्यक्रमअन्तर्गत अनुदान सहयोग उपलब्ध गराएको हो ।

कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले नगरलाई तोरीमा आत्मनिर्भर बनाउने उद्देश्यले तोरी खेती प्रबर्द्धन कार्यक्रम सञ्चालन गरेको र कृषकलाई प्रोत्साहनका लागि अनुदान सहयोग प्रदान गरेको बताए । उनका अनुसार नगरले तोरी खेती प्रबर्द्धनका लागि किसानलाई उत्पादनसँग जोड्न एक किलोग्राम तोरी उत्पादनमा १५ रुपैयाँ अनुदानको व्यवस्था गरेको थियो ।

कम्तीमा पाँच कठ्ठादेखि बढीमा एक बिघा जमिनमा तोरीखेती गर्ने किसानलाई अनुदान रकम भुक्तानी गरिने व्यवस्थाअनुसार आठ हजार नौ सय ९० कठ्ठा जग्गामा तोरीखेती गरेका किसानलाई अनुदान रकम वितरण गरिएको कृषि शाखा प्रमुख प्रधानले जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life