काठमाडौं । प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला बालुवाटार पुगेका छन् । उनीहरू सदनको अवरोध खुलाउने उपायबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाएर गएको बताइएको छ ।
बालुवाटारमै एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेलगायतका शीर्ष नेता पनि छलफलमा छन् ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे संसदीय छानबिन समिति गठनलाई बटमलाइन बनाएको छ । आज प्रतिनिधिसभा बैठक बस्दै छ । तर, कांग्रेसले भने गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभए बैठक चल्न नदिने बताउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्