Skip to content
Prabhu

गुठिचौर गाउँपालिकाको पुँजीगत खर्च ५१ प्रतिशत

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा पुँजीगत खर्च ५१ दशमलव १६ प्रतिशत गरेको छ । पालिकाले सोही आबमा ३४ करोड ५५ लाख ७५ हजार रुपैयाँ विनियोजित बजेटमध्ये हालसम्म चालुतर्फ ६५ दशमलव ४७ प्रतिशत खर्च गरेको छ ।

समग्रमा ६० दशमलव १४ प्रतिशत खर्च भएको गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले जानकारी दिए। चालु आर्थिक वर्षको कूल विनियोजित बजेटको ८८ दशमलव ३२ प्रतिशत खर्च हुने अनुमान गरिएको छ । उनले भने, ‘उक्त आवमा गाउँपालिकाको आन्तरिक राजस्व १६ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा ११ लाख रुपैयाँ मात्र उठेको छ ।’ आर्थिक वर्ष २०८१र८२ मा पालिकाले १८ लाख रुपैयाँ आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ ।

महालेखापरीक्षकको कार्यालयले गत जेठ १३ गते सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदन अनुसार गुठिचौर गाउँपालिकाको लेखापरीक्षणबाट पाँच करोड एक लाख ४४ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal