Skip to content
Prabhu

पर्यटक बढाउने उद्देश्यले होटल संघ नेपालको प्रतिनिधिमण्डल बंगलादेश प्रस्थान

काठमाडौं । बंगलादेशी पर्यटकहरुको नेपालप्रति बढ्दो आकर्षण रहेको परिप्रेक्ष्यमा त्यहाँका जनतासामु व्यापक प्रचारप्रसारका लागि आज सोमबार होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा २१ सदस्यीय होटल व्यवसायीको टोली आज जुलाई ४ का दिन बंगलादेश प्रस्थान ग¥यो ।
टोलीलाई होटल संघ नेपालका महासचिव तथा प्रवक्ता साजन शाक्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिधाई गरे । उक्त कार्यक्रम होटल संघ नेपालले नेपाल पर्यटन बोर्ड र नेपाली दूतावास बंगलादेशसँगको सहकार्यमा जुलाई ४ देखि ७ सम्म आयोजना गर्न लागेको हो ।

जुलाई ५ का लागि बंगलादेशको ढाकामा तय गरिएको कार्यक्रममा बंगलादेशका छुट्टाछुट्टै सहरका प्रतिष्ठित पर्यटन व्यवसायी, टुर अपरेटर तथा बंगलादेशी सरकारी विशिष्ट अधिकारी, बंगलादेशका लागि नेपाली राजदूत र पत्रकारहरुको उपस्थितिमा भव्य पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम तथा बीटुबी कार्यक्रम गरी विशेष रात्रिभोजको पनि आयोजना गरिएको संघले जनाएको छ । बंगलादेशमा आयोजना हुन लागेको यस कार्यक्रमले उक्त मुलुक र त्यस क्षेत्रबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा वृद्धि गर्न सकिने विश्वास संघले लिएको छ ।

साथै, सो अवसरमा होटल संघ नेपाल र बंगलादेश इन्टरनेसनल होटल एसोसिएसनसँग दुई देशबीच पर्यटन प्रबर्द्धन, तालिम तथा होटल क्षेत्रमा भएका अभ्यासहरुको आदान प्रदानका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको पनि संघले विज्ञप्तिमार्फत जनाएको छ ।

साथै उक्त अवसरमा टोलीले बंगलादेशका सरकारी प्रतिनिधि तथा पर्यटनसँग सम्बद्ध निकायहरुसँग भेटघाट गरी द्विपक्षीय पर्यटन अभिवृद्धि गर्न र बंगलादेशी पर्यटकको नेपाल आगमन बढाउन उक्त कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

उक्त कार्यक्रमको निमन्त्रणा तथा समन्वय ढाकास्थित नेपाली राजदूतावासबाट भएको हो भने नेपालको समग्र पर्यटनसम्बन्धी प्रस्तुतीकरण नेपाल पर्यटन बोर्डबाट हुने पनि होटल संघ नेपालका महासचिव तथा प्रवक्ता साजन शाक्यले जानकारी गराए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal