Skip to content
Prabhu

सामाजिक सुरक्षा कोषमा एकै दिन थपिए ४ हजार बढी योगदानकर्ता, ४ करोड बढीको योगदान रकम थपियो

काठमाडौं । सामाजिक सुरक्षा कोषमा एकै दिन ४ हजार भन्दा बढी योगदानकर्ता सहभागी भएका छन् । सामाजिक सुरक्षा कोषको तथ्यांकअनुसार असार २१ ग्ते मात्रै कोषमा ४ हजार ४ सय ३५ जना योगदानकर्ता सहभागी भएको हुन् ।

सामाजिक सुरक्षा कोषमा असार २० गतेसम्म १४ लाख ६७ हजार ३३६ योगदानकर्ता सहभागी रहेका थिए भने असार २१ गते साँझको तथ्यांक अनुसार यो संख्या १४ लाख ७१ हजार ७७१ पुगेको छ ।

एक दिनमा सामाजिक सुरक्षा कोष ४ करोड बढीको योगदान रकम संकलन भएको छ । कोषमा शुक्रबार मात्रै ४ करोड ७४ लाख रुपैयाँ योगदान रकम संकलन भएको छ । असार २० गतेसम्म ५७ अर्ब ७९ करोड ८९ लाख रुपैयाँ योगदान रकम संकलन भएको थियो भने शुक्रबार (असार २१) मा यो रकम ५७ अर्ब ८४ करोड ६३ लाख पुगेको छ ।

तथ्यांकअनुसार असार २१ गतेसम्म सूचीकृत रोजगारदाताको संख्या १९ हजार १६४ पुगेको छ । २० गतेसम्म यो संख्या १९ हजार १५६ रहेको थियो । त्यस्तै असार २१ गते एकै दिन कोषले २ करोड ७८ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ । असार २० गतेसम्म ८ अर्ब ५९ करोड ९४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको कोषले असार २१ गतेसम्म ९ अर्ब ६२ करोड ८१ लाख दाबी भुक्तानी दिएको छ ।

असार २१ गतेसम्म कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्वमा १ अर्ब १८ करोड २३ लाख दाबी भुक्तानी गरेको छ । असार २० गतेसम्म यस्तो दाबी भुक्तानी १ अर्ब १७ करोड ६४ लाख रहेको थियो । कोषले हालसम्म सबैभन्दा धेरै भुक्तनी अवकाश दाबीमा गरेको छ । असार २१ गतेसम्मको तथ्यांकअनुसार यस्तो बादी भुक्तानी ८ अर्ब १६ करोड ४५ लाख पुगेको छ । २० गतेसम्म अवकाश दाबी भुक्तानी ८ अर्ब १४ करोड २० लाख रहेको थियो ।

कोषले असार २१ गतेसम्म १५ करोड ११ लाख रुपैयाँ आश्रित परिवार सुरक्षावापत भुक्तनी गरेको छ । कोषले असार २१ गतेसम्म १३ करोड ३ लाख रुपैयाँ दुर्घटना तथा अशक्तता सुरक्षा बापत भुक्तानी गरेको छ । यस्तो भुक्तानी असार २० गतेसम्म १२ करोड ९९ लाख रहेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal