Skip to content

भारतमा नुडल्स वार, नेपालको वाइवाइको हिस्सा कति महत्वपूर्ण ?

nabil bank
नेपालमा चाउचाउ मन नपराउने कमै होलान । तुरुन्तै पकाउन  सकिने, काँचै पनि खान सकिने, सस्तो, जहाँ पनि पाइने र स्वादिलो भएकाले यो सबैले मन पराउँछन् । नेपालमा मात्रै होइन तयारी चाउचाउको बजार भारतमा पनि ठूलो छ ।
भारतमा भारतीय चाउचाउका साथै नेपाली, कोरियाली र चाइनिजलगायतका चाउचाउको माग पछिल्ला वर्षमा बढ्दो छ । अझ मसलायुक्त तयारी चाउचाउ, स्पाइसी तयारी चाउचाउको माग भारतीय उपभोक्तामा ठूलो छ ।
भारतीय उपभोक्तामा इन्स्ट्यान्ट नुडल्स अर्थात् तयारी चाउचाउको माग ठूलो छ । फरक स्वाद र फ्लेभर, पकाउन सजिलो, सस्तो वा पहुँचको कारणले उपभोक्तामा यसको ठूलो प्रभाव पारेको छ ।
भारत सबैभन्दा बढी बिक्री हुने तयारी चाउचाउमा  म्यागी पर्छ । म्यागी चाउचाउका लागि भारत अहिलेको ठूलो बजार बनेको छ । म्यागीको मूल कम्पनी नेशल इन्डियाका अनुसार वर्ष २०२३–२४ मा छ अर्ब भारतीय रुपैयाँ बराबरको चाउचाउ बिक्री भएको छ ।
भारतीय बजारमा म्यागी सर्वत्र देखिन्छ । घरको भान्छाबाट र कार्यालयको क्यान्टिनसम्म, सडकको स्टल र क्याफे तथा रेस्टुरेन्टहरूमा पनि म्यागीको माग ठूलो छ । यो कुनै पनि ब्रान्डका लागि कुनै सानो उपलब्धि होइन ।  म्यागी सन् १९८३ मा भारतीय बजारमा प्रवेश  गरेको थियो । तत्कालीन समयमा समयमा न त साधारण भारतीयहरू तयारी चाउचाउबारे जानकार थिए न त प्याकेज्ड खाना नै भारतीय बजारमा सामान्य थियो । यद्यपि, नेशल इन्डिया भारतीय बजारमा आयो र माग नै नभएको ठाउँमा बजार स्थापित गरी इतिहास कायम गर्यो ।
भारतमा तयारी चाउचाउको बजारको आकार सन् २०२३ मा  १.८८ अर्ब डलरबाट सन् २०२८ मा ३.८३ अर्ब डलरमा पुग्ने अपेक्षा गरिएको छ । मोरडोर इन्टेलिजेन्सका अनुसार अहिले बजारमा म्यागी र नेशलको प्रभुत्व छ । त्यसपछि आइटीसीको सनसफेस्ट यप्पीको हिस्सा राम्रो छ । यी कम्पनीले कूल बजारको ८० प्रतिशत हिस्सा ओगट्छन् । त्यसपछि नेपालको सीजी फुड्स (वाइवाइ) आउँछ । जसले भारतमा उल्लेखनीय वृद्धि गरेको छ । वाइवाइको भारतीय इकाइले सन् २०२६ मा आइपीओ ल्याउने योजना बनाएकोछ । तयारी चाउचाउका अन्य ब्राण्डमा हिन्दुस्तान युनिलिभरको कन्नोर, निस्सिन फूड्स र पतञ्जली आयुर्वेद पपिन छन् ।
निस्सिन ३०  वर्षभन्दा बढी समयदेखि भारतीय बजारमा छ । यसलेल भारतीय उपभोक्तालाई नजिकबाट चिनेको बताउँछन् यसका प्रबन्ध  निर्देशक सन्दीप बोख्सी । निस्सिन भारतमा सन् १९८८ को नोभेम्बरमा प्रवेश गरेको थियो । यसको मुख्य उत्पादनमा  रामेन र कप चाउचाउ रहेको छ ।
भारतीय बजारमा प्रवेश गरेको मास्टरचउको पनि बजार राम्रो छ । यसले चाउमिन कप नुडल्स र कोरियन टुएक्स स्पाइसी बिक्री गर्छन् । यसले सामूहिक रूपमा कूल बिक्रीको करिब १५ प्रतिशत योगदान पुर्याएको संस्थापक विदुर कतारिया बताउँछन् ।
पछिल्लो समय स्वास्थवर्दक  खानेकुरामा उपभोक्ता सचेत हुन  थालेका छन् । जसमा तयारी चाउचाउ पहिलो रोजाइमा परेको सिजी फुड् का ग्लोबल सीइओ महेन्द्र शुक्ला  बताउँछन् ।
मसला किङ
भारतीय उपभोक्ताले मसला फ्लेभरलाई प्राथमिकता दिने र यसले उद्योगको ९० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको बताउँछिन् आइटीसिआई नुड्ल्स एण्ड पास्ता फूड डिभिजनका सीओओ कविता चतुर्वेदी । यस कम्पनीले यूपी, म्याजिक मसाला, क्लासिक यूपी, सुसी मसाला र युपी मूड मसाला उत्पादन गरिरहेको छ ।
निस्सिन इन्डियाका उपाध्यक्ष तथा मार्केटिङ प्रमुख वरुण ओवराय तयारी चाउचाउमा मसला मुख्य भएको र मसला फ्लेबर भएका चाउचाउको हिस्स ८७ प्रतिशत रहेको बताउँछन् । र, यो पछिल्ला वर्षमा बढ्दो रहेको उनको भनाइ छ ।
म्यागी २ मिनेटमै पकाउन सकिन्छ भन्ने विषय अतिरञ्जित गरिएको भए पनि भारतमा यसको माग भने ठूलो रहेको जानकार बताउँछन् । तर पछिल्लो समय कोरियन चाउचाउको माग पनि बढ्दो छ । जसमा शाकाहारी र मांसाहारीका लागि छुट्टा छुट्टै चाउचाउ उत्पादन हुन थालेको छ । चिनियाँ मसदा मिसिएका चाउचाउको पनि माग छ ,
के क्रेज
भारतमा कोरियाली सांस्कृतिको प्रभाव ठूलो रहेको हिन्दुस्तान युनिलिभरका प्रवक्ता भन्छन् । हिन्दुस्तान युनिलिभरले उत्पादन गर्ने कोरियन फ्लेबरको कन्नोरको माग ठूलो रहेको कम्पनीको भनाइ छ । कोरोना महामारीको दौरानमा फैलिएको कोरियाली संस्कृतिको प्रभाव भारतमा प्रभावकारी छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi