काठमाडौं । मनकामना केबलकारको स्तरोन्तति गरिने भएको छ । केबलकारलाई ५० करोडको लागतमा आधुनिक प्रविधिमा स्तरोन्नति गर्न लागिएको हो ।
२६ वर्ष अगाडि जडित यो प्रविधिमा क्रमिक रूपले समय अनुरूप धेरै विकास भइसकेको निकट भविष्यमा समस्या रहने र निर्माता कम्पनीकै सुझावमा समय सापेक्षअनुसार केबलकारको स्तरोन्नति गर्न लागिएको कम्पनीले जनाएको छ । पुरानो मोटर सबै यसै प्रणालीमा आधारित हुने भएकोले मुख्य मेशिनरीहरू सोहीअनुसार फेरिने कम्पनीको भनाइ छ ।
त्यस्तै हाल दुई स्टेसनबीच जडित डिजिटल प्रविधि अनुरूप हुने भएकोले सो पनि फेरिने छ र यसको लम्बाई करिब ३२०० मिटरको हुनेछ । त्यस्तै मेन केवल तार लठ्ठा पनि क्रमशः पुरानो भएकोले सो समेत यसै पटक रोकिएको अवधिमा फेरिने छ र त्यसको लम्बाई करिब ६५०० मिटरको हुनेछ ।
केबलकारको सबैभन्दा सुरक्षा दृष्टिकोणले मुख्य मानिने ग्रिपहरु, जस्को माध्यमबाट तारमा झुन्डिने हुन्छ, सम्पूर्ण फेर्ने कार्य २ वर्षअघि नै सम्पन्न गरिसकिएको छ । डोपलमायरको प्राविधिकहरू नै आएर गर्ने सो कार्य गर्न लाग्ने समयको प्रारम्भिक अनुमान ५० दिन लाग्ने डोपलमायर प्राविधिकहरूको भनाइ छ । तर, मौसम आदि अन्य कुराको आधारमा अनुमानित समय चाँडो पनि हुन सक्छ वा लम्बिन सक्नेसमेत हुन सक्छ ।
डिजिटल प्रविधि अनुसार यसको सञ्चालन छुट्टै सफ्टवेयरबाट कम्युटर प्रणालीबाट संचालनमा आउनुका साथै कतिपय प्राविधिक समस्या डोपलमायरबाट अष्ट्रियाबाट नै समाधान गर्न सकिने छ । कम्पनीले स्तरोन्नतिको क्रममा मुख्य गरी मेन लठ्ठा तार फेर्ने, कम्युनिकेसन तार फेर्ने, डिजीटल कन्टोल सिस्टम परिवर्तन गर्ने, सबै तारहरु फेर्ने, डिसी मेन मोटर फेरेर एसी मेन मोटर डाइभ राख्ने, तीनवटा टावर ओभरहालिङ गर्ने तथा जनशक्तिका लागि एड्भान्स तालिमसमेत आयोजना गरिने बताएको छ ।












प्रतिक्रिया दिनुहोस्