Skip to content
Prabhu

बिजुली महसुल नबुझाएको भन्दै विद्युत् प्राधिकरणले काट्यो ३ वटा ठूलो उद्योगमा बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विजुली बक्यौता नबुझाएको भन्दै ३ वटा ठूला उद्योगको बिजुली काटेको छ । प्राधिकरणले मंगलबार रातीदेखि रिलायन्स स्पिनिङ मिल्स, अर्घाखाँची सिमेन्ट र घोराही सिमेन्टको बिजुली काटेको हो ।

उद्योगीहरुले विद्युत् प्राधिकरणले पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठन भएको समिति विपरित निर्णय गरेको भन्दै प्रमाण बिना बिजुली नतिर्ने बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गरेर कुलमान घिसिङले एकतर्फी रुपमा निर्णय गरेर उद्योगीलाई बद्नाम गरेको आरोप लगाएका थिए ।

विद्युत् प्राधिकरणले भने लाल आयोगको सिफारिस अनुसार नै उद्योगीलाई १५ दिनभित्र बक्यौता तिन पत्र काटेको दाबी गरेको छ । डेडिकेटेड र ट्रंकलाइनको बक्यौता तिर्न भन्दै ६१ उद्योगलाई बक्यौता दिन प्राधिकरणले पत्र पठाएको थियो । मंगलबार १५ दिन सकिपछि महशुल ततिर्ने उद्योगमा लाइन काट्दै जाने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले उद्योगहरुले ६ अर्ब ६० करोड बक्यौता तिर्न बाँकी रहेको जनाएको छ । जसलाई उद्योगीहरुले अस्वीकार गर्दै आएका छन् । प्राधिकरणका अनुसार अर्घाखाँची सिमेन्टको ४४ करोड ८६ लाख, रिलायन्स स्पिनिङ मिल्सको ७५ करोड ३६ लाख र घोराही सिमेन्टको ५० करोड ८५ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको जनाएको छ । विद्युत् प्राधिकरण र उद्योगीबीच महशुल बक्यौताको विवाद तत्काल समाधान नहुँने देखिएको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal