Skip to content

सुजलको नयाँ उत्पादन ‘डिलाइट डेरी ह्वाइटनर’ पाउडर दूध बजारमा

 

काठमाडौं। नेपालको अग्रणी कम्पनी सुजल फुड्स प्रालिले नयाँ उत्पादन ‘डिलाइट डेरी ह्वाइटनर’ पाउडर दूध बजारमा सार्वजनिक गरेको छ।

देशका विभिन्न ठाउँबाट संकलित दूधलाई उच्च प्रविधि तथा मेसिनरीको सहायताबाट गुणस्तर मापन गरी डिलाइट डेरी ह्वाइटनर पाउडर दूध तयार पारिएको कम्पनीले जनाएको छ। यो दूध शतप्रतिशत अन्तर्राष्ट्रिय स्तरको स्वदेशी उत्पादन भएको कम्पनीको दाबी छ।

उक्त कम्पनीले अन्य पाउडर दूधको तुलनामा ‘डिलाइट डेरी ह्वाइटनर’ बाक्लो रहेको छ भने अत्याधुनिक अल्ट्रा ड्राइङ स्प्रे प्रविधिले समान मिश्रण कायम गरी मनतातो पानीमा तुरुन्तै घुल्ने गरी तयार पारिएको कम्पनीले बताएको छ। आधुनिक मेटालिक प्याकेजिङका कारण यो पाउडर दूध १२ महिनासम्म ढुक्क भई प्रयोग गर्न सकिनेछ।

‘डिलाइट डेरी ह्वाइटनर’ बाक्लो क्रिमी र स्वादिष्ट हुनुका साथै गाईभैंसीको दूधको प्राकृतिक तत्त्व र पोषिलो स्वाद पाइने हुँदा दूध चिया, कफीका साथै अन्य दूध परिकारलाई थप स्वादिष्ट बनाउन प्रयोग गर्न मिल्ने कम्पनीले बताएको छ।
डिलाइट डेरी ह्वााइटनर नेपालभर भाटभटेनी, सेल्स बेरी, बिगमार्टलगायत प्रमुख स्टोर, विभिन्न किराना पसल र अनलाइन सपिङ साइटमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

डिलाइट डेरी ह्वाइटनरको मूल्य ४०० ग्रामको ४ सय ७० र ८०० ग्रामको ९ सय रुपैयाँ पर्छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T