काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले स्टिल उद्योगमा ठूलो भनेर चिनिएको जगदम्बा स्टिलमा विजुली काटेको छ । प्राधिकरणका अनुसार जगदम्बाले १ अर्ब ६० करोड रुपैयाँ बक्यौता बुझाउन बाँकी रहेको छ ।
प्राधिकरणले पूर्वन्यायधीश गिरिसचन्द्र लालको सुझाव अनुसार बिल पठाएको दाबी गरेको छ । उद्योगीले भने प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले दादागिरीको शैलीमा लाइन काटेको भन्दै प्रमाण नभएको बिजुली महशुल नतिर्ने बताएका छन् ।
सरकार परिवर्तन हुन लागेको बेला केपी ओली प्रधानमन्त्री आएपछि विवाद हट्ने अनुमान उद्योगीको छ । यसअघि प्राधिकरणले ३ वटा उद्योगमा विजुली काटेको थियो ।
प्रतिक्रिया दिनुहोस्