Skip to content
Prabhu

शुक्रबार सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य १८ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम राखेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन १ लाख ४४ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज तेजावी सुनको मूल्य १ लाख ४६ हजार रुपैयाँ रहेको छ । अघिल्लो दिन सुन १ लाख ४४ हजार २ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य १५ रुपैैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal