Skip to content

१९ वर्षे दुई साथीको आइडिया भयो हिट, करोडौँको कम्पनीले दिँदैछ अरुलाई चुनौती

एजेन्सी । कोरोनाकालमा जब अधिकांश चीजहरू अनलाइनमा गइरहेका थिए, त्यति बेला धेरै नयाँ अनलाइन कम्पनीहरूले आफ्नो व्यवसाय सुरुआत गरेका थिए । ती कम्पनीमध्ये केहीले यति छिटो प्रगति गरे कि तिनीहरू अहिले राम्रो नाफा कमाउने कम्पनीको सूचीमा समावेश छन् ।

यसमा कोरोनाकालमा सुरु भएको अनलाइन ग्रोसरी डेलिभरी कम्पनी जेप्टो पनि एक हो । यो एक भारतीय कम्पनी हो । जेप्टोका सीईओ र सहसंस्थापक आदित पालिचाले दाबी गरेका छन् कि उनको कम्पनी अर्को १८देखि २४ महिनामा डीमार्टलाई पछि पार्नेछ।

अर्घाखाँची सिमेन्ट
Hyundai

आदित पालिचाका अनुसार डीमार्ट ३० अर्ब डलरको कम्पनी हो र बिक्रीको मामलामा जेप्टोभन्दा ४.५ गुणा बढी छ । तर उनको कम्पनीको पनि प्रदर्शन अहिले निकै राम्रो छ । यदि यो गति जारी रह्यो भने कम्पनीको बिक्री हरेक वर्ष २.३ गुणा बढ्नेछ र यस गतिले कम्पनी आगामी १८ देखि २४ महिनामा डीमार्टभन्दा अगाडि निस्कने उनको दाबी छ।

हालैमा कम्पनीले ३.६ अर्ब डलरको मूल्यांकनमा ६६५ मिलियन डलर फन्ड जुटाएको छ। कम्पनीको यो गति र व्यापारिक आइडियाको पछाडि कुनै व्यवसायिक खेलाडी नभएर २२र२३ वर्षका दुई साथीहरूको हात छ।

१९ वर्षका दुई युवाको कमाल

जुन उमेरमा बच्चाहरू आफ्नो खल्ती खर्चमा आफ्ना आवश्यकताहरू र इच्छाहरू पूरा गर्ने संघर्षमा लागेका हुन्छन्, त्यो उमेरमा १९ वर्षका कैवल्य वोहरा र आदित पालिचाले आफ्नो कम्पनी खडा गरिसकेका थिए । केवल दुई वर्षभित्र नै स्टार्टअपलाई यूनिकॉर्न बनाइदिए। कोरोना कालमा जब मानिसहरूको व्यवसाय डुब्न थालेका थिए, जेप्टोले भने व्यवसायको जग हालेको थियो । किनकि यो एक १० मिनेटमा डेलिभरी गर्ने अनलाइन ग्रोसरी स्टार्टअप थियो। कोरोना कालमा खाद्यान्न सबैलाई घरमै मगाउनुपर्ने थियो र जेप्टोले यही मौकालाई अवसरमा परिवर्तन गरेको थियो ।

बाल्यकालदेखि कलेजसम्मको यात्रा

कैवल्य वोहरा र आदित पालिचाको मित्रता सानैदेखि नै थियो। स्कुलदेखि कलेजसम्म दुवैसँगै थिए। उच्च शिक्षा अध्ययनका लािग दुवै जना अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालय गएका थिए । तर पढाइमा दुवैको मन लागेन। त्यसपछि के भयो, दुबै साथीहरूले स्टार्टअप गर्ने योजना बनाए, दुबैको बिचमा उद्यमी बन्ने जोश थियो। पढाइको क्रममा दुबै सानासाना काम गर्न थाले, तर काम चलेन। त्यसपछि दुबैले पढाइ बीचमै छोडेर घर फर्किए।

कलेजदेखि स्टार्टअपसम्मको रोचक यात्रा

कलेज छोडेर दुबै मुम्बई पुगे र अनलाइन फूड एपबाट खाना अर्डर गरे, मात्र १० मिनेटमा उनीहरूकहाँ अर्डर पुग्यो। त्यहीँबाट उनीहरूलाई जेप्टोको आइडिया जुरेको थियो । उनीहरूले सोच्न थाले, जब १० मिनेटमा खाना पुग्न सक्छ भने ग्रोसरी किन सक्दैन ? त्यसपछि के भयो, दुबैले सन् २०२१ मा एक हजार कर्मचारी र डेलिभरी एजेन्टहरूको साथमा जेप्टोको सुरुआत गरे। कोरोनाकालमा जहाँ कम्पनीहरू बन्द हुँदै थिए, ठूलो नोक्सान व्यहोर्दै थिए, जेप्टो पहिलो नै वर्षमा सात हजार तीन सय करोडको कम्पनी बनिसकेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्