Skip to content

धरानमा विमानस्थल बनाउन सम्भव छैनः प्राधिकरण

काठमाडौं । धरानमा विमानस्थल बनाउन सम्भव नरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले  निष्कर्ष निकालेको छ । सुनसरीको धरान उपमहानगरपालिका क्षेत्रमा विमानस्थल निर्माणका निम्ति गरिएको विस्तृत सम्भाव्यता अध्ययनका क्रममा यस्तो देखिएको हो ।

 ‘तराई तथा भित्री मधेसमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने’ नीतिगत व्यवस्था छ । उक्त क्षेत्रमा विमानस्थल बनाउँदा विद्यमान हवाई नीति, २०६३ विपरीत हुने प्राधिकरणको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

‘सडक यातायातको सहज उपलब्धता तथा त्यस क्षेत्रको भौगोलिक अवस्थितिले गर्दा ‘वन वे एप्रोच’ मात्र सम्भव हुँदा हवाई यातायातको दीर्घकालीन, नियमित वा अन्य विविध प्राविधिक तथा अपरेसन कन्स्ट्रेन्ट्सले गर्दा उक्त ठाउँमा विमानस्थल निर्माण गर्न सम्भव नरहेको प्राधिकरणको निष्कर्ष रहेको छ,’ प्राधिकरणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T