Skip to content
Prabhu

अम्बानीदेखि ऋणमा डुबेका बुबासम्म, भारतीयहरु विवाहमा किन यति धेरै खर्च गर्छन् ?

बीबीसी । पछिल्ला केही दिनदेखि भारतमा एउटा विवाह र त्यससँग सम्बन्धित कार्यक्रमहरु निकै चर्चामा छन् । यो विवाह भारतका सबैभन्दा धनी व्यवसायी मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह हो । यस विवाहसँग जोडिएका हरेक साना–ठूला जानकारीले मिडिया आउटलेट्स र सामाजिक मिडिया प्लेटफर्महरू भरिएका छन् ।
यस विवाहमा सहभागी हुने चर्चित व्यक्तित्वहरू र उनीहरूको डिजाइनर कपडा र स्टाइलिश लुकको पनि चर्चा भइरहेको छ । बलिउडका स्टार, भारतीय क्रिकेट टोलीका ठूला स्टार, शीर्ष उद्योगपति, धेरै देशका प्रमुख नेताका  साथै पप आइकन जस्टिन बिबर जस्ता व्यक्तित्वहरू मुम्बईमा छन् ।
धेरै महिनादेखि चलिरहेको छ आयोजना
जुलाई १२ मा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह भयो । तर विवाहलाई लिएर धेरै आयोजना पछिल्ला केही महिनादेखि चलिरहेका छन् । जसमा हुने खर्चलाई लिएर पनि धेरै अनुमान लगाइएका छन् । मिडिया रिपोर्टसअनुसार यस आयोजनामा केही हजार करोड भारतीय रुपैयाँ खर्च भइरहेको छ । वास्तवमा, भारतमा विवाहलाई ‘पारिवारिक उत्सव’का रुपमा लिइन्छ । यसमा परम्पराहरू पनि छन् र भारी खर्च हुने विषय प्रत्येक घरको कथा पनि हो ।
भारतीय परिवारहरु विवाहका माध्यमबाट सम्पत्ति, प्रतिष्ठा र साख समाजलाई देखाउन प्रयास गर्छन् । यहाँसम्म कि देखावटीका लागि परिवार ऋण लिएर पनि ठूलो रकम जुटाउँछन् ।
हिन्दु परिवारको विवाहमा संगीत र हल्दी जस्ता विवाहका रीतिरिवाज ठूलो धूमधामका साथ मनाइन्छन् । त्यस्तै मुस्लिम परिवारमा हुने विवाहमा ‘मेहँदी’, ‘निकाह’ र ‘वलीमा’ जस्ता रीतिरिवाजहरू समावेश छन् । इसाई विवाहमा सगाई, विवाह र रिसेप्शन समारोह समावेश हुन्छन् । अर्थात् केवल अम्बानीको घरको विवाह मात्र नभएर भारतीय समाजमा हरेक विवाहलाई शानको प्रतीक मानिन्छ ।
हरेक परिवार आफ्नो क्षमताअनुसार विवाह समारोहको योजना बनाउँछ, प्रयास यही हुन्छ कि आयोजना भव्य र सम्झनलायक देखियोस् । हरेक परिवार आफ्ना साथी, आफन्त र सामाजिक दायरामा आफ्नो हैसियत देखाउनका लागि पनि बढी खर्च गर्नमा चासो देखाउँछ ।
अर्बौ डलरको विवाह बजार
बैंकिङ लगानी र पुँजी बजार फर्म जेफ्रिजका अनुसार भारतमा विवाहमा हुने ठूलो खर्चको आकार १०.७ लाख करोड भारतीय रुपैयाँ बराबरको छ । उसले आफ्नो रिपोर्टमा भारतीयहरु शिक्षामा भन्दा विवाहमा दोब्बर खर्च गर्छन् । भारतमा विवाहको बजार खाद्य र किराना बजारपछि दोस्रो सबैभन्दा ठूलो बजार हो ।
यद्यपि यस्तो होइन कि विवाहमा केवल भारतीय मात्र खर्च गर्छन् । अरु देशमा पनि यस्तो चलन छ । भारतमा विवाहको बजार अमेरिका (५.८ लाख करोड) भन्दा लगभग दोब्बर छ । यद्यपि यो चीनको बजार (१४.१ लाख करोड) भन्दा सानो छ ।
विवाह समारोहहरूको संख्या हेर्दा भारतमा हरेक वर्ष ८० लाखदेखि एक करोडसम्म विवाह समारोहहरू हुन्छन् । जबकि चीनमा यो संख्या ७० देखि ८० लाख प्रति वर्ष र अमेरिकामा २०–२५ लाख छ । अर्थात् प्रति विवाहको हिसाबले हेर्दा चीन र अमेरिकी परिवार भारतीयको तुलना धेरै खर्च गर्छन् ।
तर आँकडाहरूमा ध्यान दिएर हेर्दा भारतीय विवाह समारोहहरूको क्रममा परिवारमा पर्ने आर्थिक भार धेरै ठूलो हुन्छ । जेफ्रिजको रिपोर्टका अनुसार भारतमा विवाहमा औसत १२.५ लाख भारतीय रुपैयाँ खर्च हुन्छ । धूमधामका साथ हुने विवाहमा औसत २०–३० लाख भारतीय रुपैयाँ खर्च हुन्छ ।
तर एक विवाहमा खर्च हुने औसत खर्च अर्थात् १२.५ लाख भारतीय रुपैयाँ, भारतको जिडिपीको प्रतिव्यक्ति आय (२.४ लाख भारतीय रुपैयाँ) को लगभग पाँच गुणा हो । साथै एक भारतीय परिवारको औसत वार्षिक आय (४ लाख भारतीय रुपैयाँ) को तुलना यो तीन गुणा भन्दा बढी हो ।
जबकी भारतमा प्रि–प्राइमरी तहदेखि स्नातक तहसम्मको शिक्षाको औसत लागतको तुलना यो लागत दोब्बर छ । यिनै आँकडाहरूमा हेरेर हेर्दा अमेरिकामा विवाहमा हुने खर्च त्यहाँको शिक्षामा हुने खर्चको आधा हो । भारतमा भव्य विवाहले कम आय भएका परिवारहरूमा आर्थिक भार थप्छन् ।
ऋणको चपेटामा परिवार
चेन्नईकी कृतिकाको जीवनमा विवाहको दस वर्षसम्म सबै कुरा ठीक थियो । तर उनको विवाहपछि आमाबाबुलाई ऋणको जालबाट निस्कन करिब दस वर्ष लाग्यो । सन् २०१४ मा जब उनको विवाह भयो तब मण्डप र खानेमा नै करिब दस लाख भारतीय रुपैयाँ खर्च भएको थियो ।
कृतिकाले आफ्नो विवाहको खर्चबाट पाठ सिकिन् र अब उनले निर्णय गरेकी छिन् कि आफ्ना दुवै छोरीको विवाह सामान्यरुपमा गर्नेछिन् । त्यसैले उनले छोरीहरूलाई यस्तै जागरूकताका साथ अगाडि बढाउने सोचेकी छिन् ।
भव्य पार्टीमा युवाको आकर्षण
एकतर्फ एक यस्तो वर्ग छ जसले विवाहका लागि ऋणमा डुब्दछ भने अर्कोतर्फ एक यस्तो वर्ग छ जसले आफ्नो जम्मा पूँजीको धेरैजसो भाग विवाहमा खर्च गर्छ । चेन्नईकै दिनेशले चार–पाँच वर्षसम्म बचाएको पैसाको ७० प्रतिशत आफ्नो विवाहमा खर्च गर्नमा कत्ति पनि गलत लाग्दैन । दिनेश आफैं एक इभेन्ट प्लानर हुन् । उनले विवाहका लागि गरगहना, वेडिंग हल र स्टेज र सजावटमा करिब ३० लाख भारतीय रुपैयाँ खर्च गरे ।
दिनेश भन्छन्, “हाम्रो परम्परागत परम्पराहरूका अनुसार हामीले विवाह अघि केही रीतिरिवाज निभाउनु पर्छ । हामीले सबै कुरा धेरै शानदार तरिकाले गर्यौं । सगाई, विवाह, रिसेप्शन, सबै कुरा धेरै धूमधामका साथ गरिएको ।’ उनले दिनेशले फोटोसुटका लागि मात्रै डेढ लाख १.५ लाख भारतीय रुपैयाँ खर्च गरे ।
गरगहनामाथि हुने खर्च
आभूषणहरूमा हुने खर्च विवाहको पूरै बजेटलाई प्रभाव पार्दछ । जेफ्रिजको एक रिपोर्टका अनुसार, विवाह समारोहहरूमा मात्रै आभूषणहरूमा २.९ देखि ३.३ लाख करोड भारतीय रुपैयाँ खर्च गरिन्छ।
गरिब र मध्यम वर्गीय परिवारहरूको विवाहमा जसरी सुनलाई महत्व दिइन्छ, विलासितापूर्ण विवाहमा त्यस्तै महत्व हिरालाई दिइन्छ । सुनका आभूषणहरू लामो समयदेखि भारतीय विवाहको एक अभिन्न हिस्सा रहेका छन् । दुलहीको परिवार, दुलहको परिवारलाई दाइजोका रूपमा सुनका गरगहना दिन्छ र यसमा धेरै पैसा खर्च गर्छ । आमाबाबु ऋण लिएर छोरीहरूको लागि आभूषण खरिद गर्छन् ।
विवाह समारोहमा आभूषणहरू पछि खाना नै दोस्रो सबैभन्दा ठूलो खर्च हो । सामान्यतया मानिसहरूको मनोरञ्जनमा १.९ देखि २.१ लाख करोड भारतीय रुपैयाँ खर्च गरिन्छ । यसको अलावा कपडा, मेकअप, फोटोग्राफी र अन्य पक्षहरूमा खर्च अलगसँग हुन्छ ।
भारतमा विवाहको सांस्कृतिक महत्वका कारण भारत बाहिरका देशहरूमा भारतीय विवाहसँग सम्बन्धित बजारलाई बढावा मिलेको छ । गत वर्ष प्रधानमन्त्री नरेन्द्र मोदीले विवाह समारोह भारतमै मनाउन जोड दिएका थिए ।
उनीहरूले भारतीय परिवारहरूलाई विवाह समारोहका लागि विदेश जानेको सट्टा घरेलु आयोजन स्थलहरूलाई छनोट गर्न अनुरोध गरेका थिए । भारतलाई ध्यानमा राखेर, मुख्यतः जयपुर र उदयपुरमा महल र होटलहरू र गोवामा समुद्र किनारामा अमीर वा बलिउड हस्तीहरूको विवाह समारोह आयोजित गरिन्छ ।
‘मैरिज कलर्स’ का क्रिएटिवभ निर्देशक प्रदीप चन्दर दक्षिण भारतका तमिलनाडु र केरल जस्ता राज्यहरूमा चर्चित व्यक्तिहरूको विवाह गर्ने चलन बढेको बताउँछन् ।
उनीले भने, “अम्बानी परिवारले खाली स्थानहरूमा भव्य दिव्य सेट बनाएर विवाह अघि समारोह आयोजना गरेर एक नयाँ चलन स्थापित गरेका छन् । त्यस्तै बलिउड सेलिब्रिटिहरु अब बीच वेडिङ वा हिट फिल्महरुमा आधारित अनौठो थीममा विवाहतर्फ उन्मुख छन् । केही मानिसहरू ‘पोन्नियन सेलवन’ र ‘बाहुबली’ फिल्महरू जस्ता थीम सेट पनि मागिरहेका छन् ।”
यद्यपि यसको साथमा यस्ता युवाहरूको संख्या पनि राम्रै छ जो सादगीका साथ विवाह गरेर खर्च कम गर्न चाहन्छन् । तमिलनाडुका मदुरै जिल्लाका मनोज तिनैमध्येका एक हुन् ।
सामाजिक दबाव र उपभोक्ता संस्कृति
दिल्लीमा महिला विकास अध्ययन केन्द्रकी निर्देशक एन. मणिमेकलाइका अनुसार, मध्यम वर्ग धनीहरूको भव्य, असाधारण विवाहतर्फ आकर्षित हुन्छ । उनले भनिन्, “तर, यस्ता महंगा विवाहहरूले समाजमा दबाव सृजना हुन्छ । धेरै मानिसहरू कुनै पनि अवस्थामा भव्य समारोह आयोजना गर्ने दबाव महसुस गर्छन् । यदि त्यसको लागि ऋण लिनु आवश्यक छ भने उनीहरू लिन्छन् । उपभोक्ता संस्कृतिबाट प्रभावित भएर, युवा पिँढी जीवनको भरपूर आनन्द लिन चाहन्छ ।”
मानिसहरूको व्यवहारमा परिवर्तनको कारण यस्ता भव्य विवाह समारोह आयोजना गर्ने प्रवृत्ति बढ्दैछ । साधारण मानिसमा अरूको व्यवहारलाई देखेर त्यसलाई अपनाउने चलन बढ्दैछ । यसलाई प्रदर्शनबाट प्रभावित प्रभाव भनिन्छ ।
मणिमेकलाइ भन्छिन्, “विवाह समारोहको क्रममा, दुलहीको परिवार आभूषण, भाँडा, बिजुली उपकरण र अन्य घरेलु सामान खरिद गर्ने खर्च पनि हुन्छ । यसका लागि उनीहरूलाई ऋण पनि लिनुपर्दछ । तर, कामकाजी छोरीहरूको विवाहपछि, आमाबाबुहरूलाई कुनै वित्तीय सहायता प्राप्त हुँदैन, जसले गर्दा वृद्ध आमाबाबु ऋणको बोझमा  रहन बाध्य हुन्छन् ।”
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal