Skip to content
Prabhu

वाइडबडी खरिद प्रकरणको छानबिन अन्तिम चरणमा

 

काठमाडौं । अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईले वाइडबडी खरिद प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको जानकारी गराएका छन् । राईले सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा अन्तर्राष्ट्रिय स्तरबाट सूचना ल्याउन गाह्रो भइरहेको सुनाए । 

‘नेपाल एयरलाइन्सको वाइडबडी खरिद प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको छ । अन्तर्राष्ट्रिय स्तरबाट सूचना ल्याउन गाह्रो भइरहेको छ,’ राईले बैठकमा भने, ‘डिलिङ नेपाल भित्रभन्दा बाहिर हुन थाल्यो, त्यसैले सूचना बाहिर बढी छ ।’ राईले सेक्युरिटी प्रेसको टेप प्रकरणको पनि अनुसन्धान भइरहेको बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal