Skip to content

बङ्गुर, बाख्रा र कुखुरापालनबाट वार्षिक २० लाख आम्दानी गर्दै जितबहादुर थापा

nabil bank

तुलसीपुर । तुलसीपुर–४ निवासी जितबहादुर थापा अवकाशप्राप्त सशस्त्र प्रहरी सहायक निरीक्षक हुन् । उनी २०७७ सालमा अवकाशपछि तुलसीपुर–४ बायोखोलामा बङ्गुर, बाख्रा र कुखुरापालन गरिरहे छन् ।

उनले २५ वटा बङ्गुर, ४० वटा जति बाख्रा र एक हजार पाँच सय बढी ब्रोइलर कुखुरापालन गरेका  छन् । करिब १० लाख रुपैयाँ लागतमा उनले व्यवसाय सुरु गरेका हुन् ।

स्थानीयस्तरमै स्वरोजगार बन्नुपर्ने भन्दै आफूले काम प्रारम्भ गरेको राससलाई बताए । ‘धेरै मान्छे स्वदेशमा श्रम नगरेर विदेश जाने गर्छन्, तर यहाँ नै परिश्रम गरे प्रशस्त आम्दानी गर्न सकिन्छ’, थापाले भने । उनले वार्षिक  १५–२० लाख रुपैयाँ आम्दानी गर्दै आएको बताए।

२० वर्ष सशस्त्र प्रहरी बल नेपालमा सेवा गरेका थापा सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन् । मूलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसमेत रहेका उनले भने, ‘मैले समाजको सेवा गर्ने प्रण गरेको छु, जागिरमा हुँदा शान्ति सुरक्षामा खटिए’, उनले भने, ‘अब समाजलाई सकेको सहयोग गर्छु ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime