Skip to content
Prabhu

सुनको मूल्य स्थिर, चाँदीको मूल्य २५ रुपैयाँ घट्यो

काठमाडौं । साताको पहिलो दिन आइबार सुनको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य शुक्रबार निर्धारित मूल्यलाई नै निरन्तरता दिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । आजको बजारमा चाँदी प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुक्रबार चाँदीको मूल्य १ हजार ९ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal